तथ्य र कानून टेकेर गरिएको फैसलामा इन्साफ नहुन सक्ने–न्यायाधीश वन

पोखरा,१५ जेठ । पुनरावेदन अदालतका कायममुकायम मुख्य न्यायाधिश राजकुमार वनले तथ्य र कानून टेकेर गरिएको फैसलामा इन्साफ नपरेको हुनसक्ने बताएका छन् । ‘कतिपय अवस्थामा कानून टेकेर काम गर्दा न्याय नपाउन सक्छ,’ नेपाल उद्योग बाणिज्य महासंघ तथा पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा बुधबार पोखरामा आयोजित ब्यवसायीक बिवादमा समाधान प्रक्रिया विषयक छलफल कार्यक्रममा बोल्दै उनले भने,‘सामाजिक न्यायको दृष्टिले हेर्दा त्यो हामीलाई पनि कहिलेकाँही महशुस हुन्छ ।’

न्यायाधीश फैसलाधिश मात्र भएको छ कि न्यायाधीश भन्ने गम्भीर प्रश्न भएको उनको भनाई थियो ।मेलमिलाप आफ्नो मुद्धाको न्यायाधीश आफै हुने अवस्था भएकोले मेलमिलापको नीति अवलम्बन गर्न उनले सुझाव पनि दिए ।उनले पोखरामा जबर्जस्ती करणी र लागुऔषधको मुद्धा बढी भएको उल्लेख गर्दै उनले भने–‘ मैले अरु मुद्धै देखिन ।’

कमेन्टहरु
Loading...