कोत्रेमा दुर्घटना एकको मृत्यु, एक घाइते

सागर राज तिमिल्सिना
पोखरा, १२ साउन /तनँहुको कोत्रेमा मोटरसाईकल र ट्रक ठक्कर खादा एकजनाको घटना स्थलमै मृत्यु भएको छ ।

ना५ख ७८८८ नम्बरको ट्रकले र ग७प ३८७९ नम्बरको मोटरसाइललाई ठक्कर दिदा लम्जुङ घर भएका प्रकास मिश्रको घटना स्थल मै मृत्यु भएको प्रहरी निरिक्षक विजयराज पण्डितले जानकारी दिए ।

मोटरसाइकल चालक सरोज मिश्र घाइते भएका छन् । उनको तनुँह सेवा हस्पितलमा उपचार भईरहेको पण्डितले जानकारी दिए ।

कमेन्टहरु
Loading...