मर्दिले पोखरा आउने खानेपानीको पाइप बगायो

पोखरा, ११ साउन/पोखराको खानेपानीको मुख्य स्रोतको रुपमा रहेको मर्दि खोलामा गएरातिबाट परेको वर्षा पछि आएको बाढि खानेपानीको पाइप बगाएको छ ।

बाढिले सेति नदि किनारमा रहेको २० इन्चको पाइपलाईन बाढीले बगाएको छ । मर्दि र सेति दोभान भन्दा करिब २ सय मिटर तल सेति नदि किनारमा रहेको २० ईन्चको पाईप ४ वटा बगाएको नेपाल खानेपानी कार्यालय पोखराका दिनेश्वर प्रसाद यादवले जानकारी दिए ।

उनले १६ ईन्चको पाईप पनि जोखीम परेको बताए । उनले पोखराको खानेपानी आपुर्तिमा समस्या देखिने खानेपानी बताए । आलोपालो मिलाई पानीको आपुर्ति गर्ने र केहि दिनमा उक्त मर्मत कार्य अगाडी बढाइने खानेपानी संस्थान पोखराका प्रमुख ईन्जिनियर निरण महर्जनले बताए ।

कमेन्टहरु
Loading...