कास्कीको घट्टेखोला र फेदीमा पहिरो जाँदा पोखरा–बागलुङ सडकखण्ड अबरुद्ध

पोखरा, ११ साउन/सोमबार बेलुकादेखी परेको अविरल वर्षाका कारण कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड अबरुद्ध भएको छ । विहान करीब साढे ४ बजे सडकमाथीको भीरबाट लेदो माटो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बाटो अबरुद्ध हुँदा यात्रुहरु बिच बाटोमै रोकिएका छन् । अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ । पहिरो हटाउन प्रहरी निरिक्षक मोहनबहादुर खाणको नेतृत्वमा २० जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ । टोलीले फेदीमा गएका तीनवटा पहिरो पन्छाएर घट्टेखोला तीर लागेको खाणले बताए ।

अविरल वर्षाले सेतीको वहाव बढेर पोखरा–१० रामघाटको सुकुम्बासी बस्तीमा पसेपछि ८ घर डुबानमा परेका छन् । गएराती बाढी सुकुम्बासी गाउँमा पसेपछि स्थानियलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।

यसैगरी, याम्दीखोलामा पानीको बहाब बढेपछि पोखरा १ कसेरीका ३५ घर जोखिममा परेका छन् । उनीहरुलाई पनि सुरक्षित रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फाइल ः तस्विर

कमेन्टहरु
Loading...