कास्कीको लेखनाथमा कुकर बम

सागर राज तिमिल्सिना
पोखरा, १० साउन /कास्कीको लेखनाथमा कुकर बम फेला परेको छ । कुुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । लेखनाथको मजुवा र लामेआलको बिचमा बम राखेको प्रहरीले जानकारी दिएको छ ।

कास्कीको लेखनाथमा कुकर बम
कास्कीको लेखनाथमा कुकर बम

पोखराबाट कालिभञ्याङ गण र सिद्धिबक्स गणबाट गएको टोलीले बमलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । पृथ्वीराजमार्गको करिब १० मिटर तल बम फेला परेको थियो । कुकर बमबाट करिब १० लामो तार पनि रहेको प्रहरीले जानकारी दिएको छ ।

करिब छ जनाले बोकेर आएका थिए । स्थानीयले भने सुरक्षा कर्मि देखे पछि त्यही फालेर जंगल तिर गए । प्रहरीले बन्द कर्ता नेकपा माओवादीले राखेको हुन सक्ने बताएको छ ।

कमेन्टहरु
Loading...