माओवादीको बन्दका कारण जनजिवन प्रभावित

पोखरा, १० साउन/नेकपा माओवादी विप्लव समुहको आह्वानमा आज नेपाल बन्द हुदा जनजिवन प्रभावित भएको छ ।

माओवादीले गरेको नेपाल बन्दका कारण पोखरामा लामो तथा छोटो दुरीका सवारी साधन, कलकारखाना, बन्द छन् । पोखरा भित्र केही सवारी साधन सन्चालनमा भएका छन् । पोखराका चोक चोकमा प्रहरी परिचालन भएका छन् ।

सर्लाही, रौटहट, बारा, काठमाण्डौ, कास्की, बाँके, जाजरकोट लगायतका जिल्लामा रहेका लाखौ सुकुम्बासीहरु माथी भैरहेको राज्य आतंक र ज्यादतिको विरोधमा माओवादीले देशव्यापी बन्दको आह्वान गरिएको माओवादीले जानकारी दिएको छ ।
बन्द विहान पाँच बजे देखी साँझ पाँच बजेसम्म जारी रहने छ ।

कमेन्टहरु
Loading...