पाँचौ मिस तमुस्यो नेपाल असोजमा, विजेतालाई हङकङ्ग यात्राको अवसर

पोखरा ९ साउन /गुरुङ जातिको भाषा, संस्कार, संस्कृति जगेर्ना गर्न मिस तमुस्यो नेपाल प्रतियोगीता यस वर्ष पनि हुने भएको छ । नेपाल तमु विद्यार्धी छोँज धीं कास्कीले प्रतियोगीताको पाँचौ संस्करण असोज ८ गते आयोजना गर्ने घोषणा गरेको हो ।

संस्थाले जातिय भाषा, संस्कार, संस्कृतिबारे नवपुस्तालाई प्रशिक्षित गरुन् भन्ने उद्देश्यले “मिस तमुस्योको शान मौलिक संस्कृतिको पहिचान” भन्ने मुल नारा दिएर “मिस तमुस्यो नेपाल २०७३ ” सौन्दर्य प्रतियोगीता आयोजना गर्न लागेको पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन । देशका विभिन्न ९ स्थानमा साउन १२ गते देखि पहिलो चरणको अडिसन चरण हुने नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष धनु तमुले जानकारी दिए ।

पाँचौ मिस तमुस्यो नेपाल असोजमा, विजेतालाई हङकङ्ग यात्राको अवसर
पाँचौ मिस तमुस्यो नेपाल असोजमा, विजेतालाई हङकङ्ग यात्राको अवसर

साउन १३ गते लम्जुङ्गको बेसिशहर, १४ गते धरान, १५ गते काठमाडाँै, १६ गते रुपन्देही बुटवल, १७ गते स्याङजा राम्बाच्छा, १८ गते चितवन, १९ गते नवलपरासी र साउन २२ गते पोखरामा अन्तिम पहिलो चरणको अडिसन हुने उनले बताए । प्रतियोगीतामा एस.एल.सी पास गरेका १६ वर्ष देखि २४ वर्ष सम्मका तमु युवातिहरुले सहभागी जनाउन पाउने आयोजकले जनाएको छ ।

देशभरबाट अडिसन चरणमा छानिएका प्रतियोगीले एक महिना सम्म पोखरामा रहेर विभिन्न विधामा प्रशिक्षण पाउनेछन । एक महिने प्रशिक्षण पश्चत असोज ८ गते पोखरा सभागृहमा मिस तमुस्यो नेपाल २०७३ को घोषणा गरिनेछ । प्रतियोगीतामा मिस तमुस्यो नेपाल २०७३ हुन सफल प्रतियोगीले नगद ५० हजार सहित एक साताको हङकङ्ग यात्राको असवर प्राप्त गर्नेछिन । मिलन फाउण्डेसनका संस्थापक अध्यक्ष मिलन तमुको प्रायोजनमा हङकङ्ग यात्रा गर्न पाउने मिस तमुस्यो नेपाल २०७३ का संयोजक समेत रहेका गुरुङले जानकारी दिए ।

त्यसैगरी प्रतियोगीतामा उपविजेता एवम फष्ट रनर अपले नगद ३० हजार, र सेकेण्ड रनर अपले २० हजार सहित विभिन्न अवसरहरु प्राप्त गर्नेछिन । विजेता तथा उपविजेताले विभिन्न गुरुङ तथा नेपाली फिल्म, म्युजिक भिडियोहरुमा अभिनय गर्ने अवसरका साथै विभिन्न गिफ्ट ह्याम्परहरु पाउनेछिन । प्रतियोगीतामा विभिन्न सवटइटलहरु वितारण गरिनेछ । संस्थाले नेपाल मै पहिलो पटक विंस २०५४ साल मा मिस तमुस्यो नेपाल नामक जातिय सौन्दर्य प्रतियोगीको शुरुवात गरेको थियो ।

कमेन्टहरु
Loading...