पोखरा, ९ साउन/राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षलामा टेन्डी शेर्पाले परिषदले आफ्नो सम्पुर्ण ध्यान १३ औ दक्षिण एशियाली खेलकुदको तयारीका लागि सुरु गरेको वताएका छन । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा नेपाल ओलोम्पिक कमिटीका समेत महासचिव रहेका टेन्डीले १३ औं साग राजधानी केन्द्रित नहुने समेत वताए ।
पत्रकारहरुको जिज्ञासामा उनले सवै खेलहरु प्रादेशिक राजधानी केन्द्रित रहने र जहाँजुन खेलको सम्भावना छ त्यहाँ नै खेल आयोजना गर्न लाग्ने बताए । उनले राजधानी पछि पोखरा खेलकुललाई अत्यन्तै मायागर्ने शहरको रुपमापाएको वताउँदै १३ औ सागमा पोखरामा महिला फुटबल, ह्याण्डबल, आर्चरी र मार्शल आर्ट लगाएतका सात खेलहरु समेत आयोजना गर्न परिषदले तयारी थालेको समेत बताए ।

उनले पोखरा दक्षिण एशिया मै ट्रायथोलनका लागि उपयुक्त स्थान रहेको कुरामा समेत वताए । नेपाल सरकारले खेलकुदका लागि छुट्टाएको २ अर्व ७६ करोड बजेटलाई पुर्वाधार विकासको काममा खर्चिने जानकारी गराए । उनले नेपाली क्रिकेटको विवाद समाधानका लागि आइसिसी संग मौखिक छलफल भइरहेको बताए ।
क्यान र परिषद्बाट एक जना जाने गरि क्यानको विवाद मिलान आइसिसि सगँ छलफल भएको बताए । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशवपाठकको सभापतित्वमा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, मञ्चका उपाध्यक्ष दिननाथ बराल, सहसचिवअर्जुन गिरी लगाएतले खेलकुदको विकासका बारेमा चर्चा गरेका थिए ।