लायन्स क्लब अन्नपूर्णद्वारा पत्रकार पाण्डेय सम्मानित

पोखरा, ८ साउन /लायन्स क्लब अफ पोखरा अन्नपूर्णको लायनबर्ष २०१६÷०१७को पदस्थापन सम्पन्न भएको छ । क्लबको २९ औं पदस्थापन कार्यक्रममा रेडियो गण्डकीका स्टेशनम्यानेजर पत्रकार घनश्याम पाण्डेयलाई सम्मान गरेको छ ।

पाण्डेयलाई कार्यक्रमका कास्कीका प्रमुख जिल्ला अधिकमारी हरिप्रसाद मैनालीले पाण्डेयलाई दोसल्ला ओढाएर नगद १० हजार सहित सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो ।

लायन्स क्लब अन्नपूर्णद्वारा पत्रकार पाण्डेय सम्मानित
लायन्स क्लब अन्नपूर्णद्वारा पत्रकार पाण्डेय सम्मानित

बर्ष भरी लायनवादलाई उचाईमा पु¥याउन उलेख्य भुमिका खेलेको भएर पत्रकार पाण्डेयलार्ई सम्मान गरीएको लायनबर्ष २०१५÷०१६ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । अधिकारी मैनालीले लायन्स क्लबको अन्तराष्ट्रिय आचार सहिता मात्रै पालन गरेर अगाडि बढ्न सके देश विकसीत हुने बताए ।

उहाले लायन्स क्लबले समाजमा उदारणीय कार्यगरेको भन्दै जिल्ला प्रशासन संग समन्वय गरेर अगाडि बढे अझै बढि प्रभावकारी कार्य गर्न सकीने बताए । यसै विच क्लबले २१ जना विद्यार्थी ३ लाख ५७ हजार नगद छात्रबृत्तिवितरण गरेको छ ।

कमेन्टहरु
Loading...