भारतका कुख्यात अपराधी बब्लु काठमाडौँमा पक्राउ

क्रान्ति शाह

१५ जेठ, वीरगन्ज । प्रहरीले भारतका एक कुख्यात अपराधी बब्लु दुबेलाई पक्राउ गरेको छ । अञ्चल प्रहरी कार्यालय वीरगन्जले मोस्ट वान्टेड बब्लुलाई बिशेष सुराकीको आधारमा पक्राउ गरेको हो । अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रहरी बरिष्ठ उपरिक्षक सर्बेन्द्र खनालको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलीले दुबेलाई काठमाडौँको सितापाईलाबाट पक्राउ गरेको हो । भारतको पूर्वी चम्पारण मोतीहारी सिसुवाखडार निवासी ३० वर्षिय दुबेलाई अञ्चल प्रहरी कार्यालय वीरगन्जले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

bablu

अञ्चल प्रहरी कार्यालय नारायाणीमा बुधबार बब्लु दुवेलाई सार्वजनिक गर्दै प्रहरी । तस्वीर: रासस

पक्राउ परेका दुबेे नेपालमा करीब ८ महिनादेखि ज्यान मार्ने धम्की, चन्दा आँतक लगायत विभिन्न अपराधीक गतिविधिमा संग्लन रहेको प्रहरीको भनाई छ । पत्रकार सम्मेलनमा कुख्यात अपराधी दुबेले भारतमा बिहार पिपुलस लिब्रेसन आर्मी नामक अपराधी समुह खडा गरी हाल सम्म ३० जना भारतीयको हत्या गरिसकेको र फिरौतीबाट करौडौं रुपैयाँ असुली गरेको बताएका छन । उनले ३० जना मध्ये ६ जनाको हत्या स्वंय आफैले गरेको पनि बताए ।

भारतीय प्रहरीका मोस्ट वान्टेड दुबेलेे भारतीय प्रहरीका अधिकारीहरु, लोकसभा सदस्यहरुलाई फोनबाट धम्की दिने गरेको तथा गएको तीन हप्ता भित्र रामगाढवामा २ जनाको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुबेको साथबाट नेपाली नम्बर भएको ५ थान मोबाईल सेट सहित १ लाख ७३ हजार नेपाली रुपैयाँ र ६० हजार भारतीय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका दुबेलाई अञ्चल प्रहरी कार्यालयमै राखेर थप अनुसन्धान भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक खनालले बताउनु भयो ।

 

– See more at: http://www.onlinekhabar.com/2013/05/76179/#sthash.sp7yhwD8.dpuf

कमेन्टहरु
Loading...