बालगृह सञ्जाल कास्कीको अध्यक्षमा डा राजेन्द्र गौतम

पोखरा, ८ साउन /बालगृह सञ्जाल कास्कीको अध्यक्षमा डा राजेन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको पाँचौ अधिवेशनले डा गौतमको अध्यक्षतामा सर्वसम्मत रुपमा ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

सञ्जालको उपाध्यक्षमा मोहन त्रिपाठी, महासचिवमा अमृत तिवारी, सचिवमा दिपक गुरुङ र कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् । सदस्यहरुमा मानसिंह चौधरी, शोभा पहारी, शुष्मा रिजाल कोईराला र रमिला श्रेष्ठ रहेको छन् ।

बालगृह सञ्जाल कास्कीको अध्यक्षमा डा राजेन्द्र गौतम
बालगृह सञ्जाल कास्कीको अध्यक्षमा डा राजेन्द्र गौतम

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका सदस्य अग्नी कँडेलले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष डा राजेन्द्र गौतमले आगामी दिनमा सरकारी निकायसंग समन्वय गरी बालबालिकाको विकास, संरक्षण र कल्याणमा आधरित रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले बालगृहमा आश्रित बालबालिकाहरु नागरिकबाट बञ्चित हुनु दुखद रहेको बताउँदै यसको समाधानका लागि पहल गर्ने बताए । उनले सरकारले तोकोको मापदण्ड पालना गर्न सबै बालगृहहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकाश अधिकृत अर्जुन न्यौपानेले बालगृह र स्थानीय निकायको समन्वय गरी कमजोर आर्थिक अवस्था भएका बालगृहहरुलाई राज्यले सहयोग गर्ने नीति आवस्यक रहेको बताए । प्रमुख महिला विकाश अधिकृत लक्ष्मी जिसीले बालगृहमा रहेका बालबालिकाहरु ऋाफ्ना नाती नातिनासरह रहेको र उनीहरुका अभिभावक आँफूले नजन्माएका छोराछोरी भएको भन्दै उनीहरुको संरक्षण र सम्बर्धनमा सदैव प्रयासररत रहेको बताइन् ।

उक्त अवसरमा बालगृह महासंघका केन्द्रिय अध्यक्ष लोकेन्द्र खत्रीले संरक्षणविहिन बालबालिकाहरुका लागि बालगृह हरुले कुनै कसर बाँकी नराख्ने बताए । सञ्जालका अध्यक्ष गोमा ढकालको अ्रध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव विजयकुमार प्रधानले गरेका थिए ।

कमेन्टहरु
Loading...