खहरे खोलामा बाढि, ठुलाखेतको पुलको पिल्लर बगायो, पुल जोखिममा

सागर राज तिमिल्सिना
पोखरा, ७ साउन/कास्कीको भदौरेतामागी ५ ठुलाखेतामा रहेको खहरे खोला पुलको पिल्लर खोलाले बगाएको छ । शुक्रबार विहान देखि परेको पानीले खोलाको सतह बढ्दा पुलको एउटा पिल्लर बगाएको छ भने एउटा पिल्लर बगाउन ठिक्क पारेको पुल निमार्ण समितिका अध्यक्ष विष्णु दाहालले बताए ।

ढलान गरि बनाएको पिल्लर खोलाले भाचेर आधा बगाएको छ उनले भने जाली लगाएर बनाएको पिल्लर पनि ढल्केपछि पुल जोखिममा परेको बताए । उनले माथी फलामको पुल भएर धानीएको बताए । दुईवटा बिचका पिल्लर नभए पछि पुलमा हिड्न जोखिम छ दाहालले भने मानिस हिड्दा हिड्दै पुल भाचिन सक्छ ।

उनले खोलामा ठुलो बाढि आए पनि विहान पुलको संरक्षणमा स्थानीय जुटे पनि संरक्षणको प्रयास असफल भएको बताए । सो पुलबाट मुख्य गरि भदौरे तामागि गविस, चापाकोट गाविस, कास्कीकोट गाविसका बासिन्दाहरु आवतजावत गर्दछन् । पुल भएर विद्यालय आउन विद्यार्थीका लागि पुल नहुदा कठिन हुने दाहालले बताए ।

गत बर्ष साउन १३ गते त्यस क्षेत्रमा ठुलो बाढि पहिरो जादा पुल बगाएको थियो । त्यस पछि हिउद जिल्ला बालगृह सञ्जालले पुलको पुर्ननिमार्ण गरेको थियो । २७ वटा बालगृहबाट संकलित रकम, पाहार ट्ष्ट नेपाल र नेपाल हाउस कास्कीको करिब ६ लाखको आर्थिक सहयोगमा पुलको पुर्ननिमार्ण भएको थियो ।thulak pul (2)

खहरे खोलामा बाढि, ठुलाखेतको पुलको पिल्लर बगायो, पुल जोखिममा
खहरे खोलामा बाढि, ठुलाखेतको पुलको पिल्लर बगायो, पुल जोखिममा

thulak pul (1) thulak pul (4)

कमेन्टहरु
Loading...