रोट¥याक्ट न्युरोडको छलफलमा चार युवा

पोखरा, ६ साउन /रोट¥याक्ट क्लब अफ न्युरोड पोखराले शनिबार युवा चासोमा प्यानल छलफल गर्ने भएको छ । क्लबले ‘युवा चासोः समाज, सुरक्षा र जिम्मेवारी’ विषयमा पोखराका ४ व्यक्तित्वसँग छलफल चलाउन लागेको हो ।

प्यानल छलफलमा समाजशास्त्री प्राडा विश्वकल्याण पराजुली, वडा प्रहरी कार्यालय बैदामका प्रमुख मोहनमणि अधिकारी, स्तम्भकार एवं महिला अधिकारवादी सावित्री गौतम र पत्रकार दीपक परियार वक्ता रहने छन् ।

रोट¥याक्ट न्युरोडको छलफलमा चार युवा
रोट¥याक्ट न्युरोडको छलफलमा चार युवा

क्लबका अध्यक्ष सुजन रेग्मीले वर्तमान सामाजिक अवस्था, लैंगिक असमानता र उत्तरदायित्वका विषयमा युवालाई सचेत बनाउने कार्यक्रमको उद्देश्य रहेको बताए । उनले व्यक्तिगत सामाजिक जिम्मेवारीको चेतना अभिवृद्धि गर्न र कानुन कार्यान्वयनकर्ता र सर्वसाधरणबीच आपसी सहयोगको वातावरण बनाउन कार्यक्रम फलदायी हुने अपेक्षा व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन युवा अभियन्ता जीवन लम्सालले गर्नेछन् । लेकसाइडको माउन्ट कैलाश रिसोर्टमा शनिबार दिउँसो ४ बजेदेखि ६ः३० बजेसम्म कार्यक्रम हुने क्लबले जनाएको छ । प्रवेश निशुल्क रहेको कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहने बताइएको छ । रोट¥याक्ट न्युरोड, रोटरी क्लब अफ पोखरा न्युरोडको युवा साझेदार संस्था हो ।

कमेन्टहरु
Loading...