तनहुँमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु, ३७ घाइते

तनहुँ, ५ साउन/तनहुँको जामुने र घाँसीकुवामा भएका तीन वटा सवारी दुर्घटनमा परि तीन जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन्।

बुधवार दिउँसो पौने २ बजे जामुने ३ मा पोखराबाट तरकारी बोकेर दमौली आएको ग २ च २३०७ नम्बरको जीप र पोखरा जाँदै गरेको ग १ च ४३२५ नम्बरको पिक अप भ्यान ठोक्किँदा पिकअप भ्यान चालक देउबहादुर थापा र त्यसमा सवार ५३ वर्षीया मना थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चालक थापाको घटनास्थलमै र महिलाको उपचारका लागि पोखरा ल्याउदै गर्दा मृत्यु भएको हो। घटनामा चार जना घाइते भएका छन्। त्यसै गरि घाँसीकुवा नजिकै बस र ट्रक ठोक्किदा थप एकको मृत्यु भएको छ ।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ध १ ख ४९५ नम्बरको बस र विपरित दिशाबाट आएको ना ५ ख ७९८४ नम्बरको ट्रक ठोक्किँदा बस चालक २७ वर्षीय दीपक नहर्कीको मृत्यु भएको प्रहरीको भनाई छ ।

बसमा सवार २२ जना यात्री घाइते भएका छन् । यसअघि बुधवार बिहान पोखराबाट वीरगञ्ज जाँदै गरेको बस सडक छेउमा पल्टिँदा ११ यात्रु घाइते भएका थिए।

कमेन्टहरु
Loading...