वी.पी स्मृतिमा विविध कार्यक्रम

पोखरा, ५ साउन/ जननायक वी.पी कोइरालाको ३४ औ स्मृति दिवसमा साउन ६ गते नेपाली काङ्ग्रेस कास्की, क्षेत्रीय समिति र वडा इकाई समितिले विविध कार्यक्रम गर्ने भएका छन्।

कास्की काङ्ग्रेसको बुधबारको बैठकले बिहीबार बिहान पोखरा चिप्लेढुङगास्थित वी.पी कोइरालाको शालिकमा माल्यार्पण गर्ने र दिनभर पार्टी कार्यालयमा माल्यार्पणका लागि तस्वीर राख्ने निर्णय गरेको सदस्य नवीन सिग्देलले जानकारी दिए।

बैठक कास्की काङग्रेसका कार्यवाहक सभापति हरि आचार्यको अध्यक्षतामा बसेको थियो। त्यस्तै, नेपाली काङ्ग्रेस क्षेत्र नं २ कास्कीले पोखरा – १९ लामाचौरस्थित शैलजा आश्रम र लेखनाथ – ५ वडा इकाई समितिले सिलिङ्गेस्थित वीपी स्मृति पार्कमा बृक्षरोपण गर्ने भएको छ।

नेपाली काङ्ग्रेस क्षेत्र नं ४ कास्कीले भने हेमजास्थित पार्टी कार्यालयमा विचार गोष्ठी आयोजना गर्ने छ।

कमेन्टहरु
Loading...