पोखरामा एटिएम ह्याक गरि पैसा चोर्ने दुई पक्राउ

पोखरा, ५ साउन /प्रहरीले अर्कैको एटिएम बनाएर बैंक खाताबाट पैसा चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरका कोषराज भट्टराई र दोलखाका लीलाबहादुर बाँणालाई पक्राउ गरेका हो ।

उनीहरुले केही समय पहिले पोखराको लेकसाइडका डिपार्टमेन्ट स्टोर्स, रेस्टुरेन्ट र होटलमा अर्कैको एटिएमकार्डबाट पैसा चलाएका थिए । उनीहरुको साथबाट प्रहरीले ह्याक गर्ने मेसिन, ५ वटा एटिएम कार्ड बरामद गरेको छ ।

उनीहरुले अर्कै व्यक्तिको क्रेडिट कार्डबाट आफ्नो कार्डमा रकम सारेका थिए। उनीहरुले करिब ५ लाख रुपैयाँ ठगी गरेका प्रहरीले जानकारी दिएको छ । भट्टराई र बाँणाले होटलमा बस्दा र डिपार्टमेन्ट स्टोर्समा सामान किन्दाको पैसा एटिएमबाट तिर्ने गरेका थिए । ‘पसलेले सुरुमा कार्ड स्वाप गर्दाशंका गरेनन्,’ प्रहरी स्रोतले भन्यो, ‘पछि जसको पैसा काट्टियो उसैले बैंकमा गुनासो गरेपछि रहस्य खुल्यो ।’

प्रहरीका अनुसार ती युवाले सबैभन्दा पहिला बैंकमा पैसा बचत गर्नेहरु पत्ता लगाए । ह्याक गरी तिनीहरुको खाता र एटिएमको नम्बर तथा पासवर्ड अर्कै एटिएममा राखे । अर्कै त्यही एटिएम प्रयोग गरी उनीहरुले होटल र डिपार्टमेन्ट स्टोर्समा खर्च गर्दै आएका प्रहरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...