भदौदेखि पोखरा र बुटवलमा पनि स्मार्ट लाइसेन्स

पोखरा, ४ साउन/सरकारले भदौ देखि उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले काठमाडौ बाहिर पोखरा र बुटबलमा स्मार्ट सवारी चालक अनुमतिपत्र वितरणको तयारी गरेको हो ।

स्मार्ट सवारी चालक अनुमतिपत्र
स्मार्ट सवारी चालक अनुमतिपत्र

विभागतले गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । ‘साउनको अन्तिमसम्ममा स्मार्ट लाइसेन्स वितरण गर्ने योजना अनुरुप हामी प्राविधिक तयारीमा कार्यालय जुटेको छ यातायात कार्यालयले जानकारी दिएको छ ।

विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु जडान गरिसकेको छ । पहिलो चरणमा बुटवल र पोखराबाट वितरण सुरु गरेर अन्य क्षेत्रमा विस्तार गर्ने योजना विभागको छ ।

कमेन्टहरु
Loading...