कास्की काङ्ग्रेसद्वारा सोधाको निरीक्षण

पोखरा, २ साउन/ नेपाली काङ्ग्रेस कास्कीको टोलीले आइतबार कास्कीको बाढि प्रभावित क्षेत्र पार्चेको सोधागाउँ निरीक्षण गरेको छ। बिहीबारको मादी खोलाको बाढिले पु¥याएको क्षति र स्थानीयले व्यहोर्नु परेको समस्या बुझ्न काङ्ग्रेसले सोधा गाउँ निरीक्षण गरेको कास्की काङ्ग्रेसका सदस्य नवीन सिग्देलले बताए।

कास्की काङ्ग्रेसका कार्यवाहक सभापति हरि आचार्यको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो। टोलीमा काङ्ग्रेस क्षेत्र नं १ कास्कीका सभापति बृजमान गुरुङ, महाधिवेशन प्रतिनिधि कुमार सुनार, जिल्ला सदस्य देवेन्द्र रानाभाट, क्षेत्रीय सचिवद्वय प्रेमकुमार श्रेष्ठ, सुरजजंग राणा, क्षेत्रीय सदस्य विमलबाबु न्यौपाने, नेता खेम गुरुङ, मिलन तिवारी, काङग्रेस पार्चेका क्रियाशील सदस्य क्याप्टेन झलकबहादुर गुरुङ सहभागि थिए।

क्षति र समस्या बारे प्रतिवेदन तयार पारी क्षतिपूर्ति उपलव्ध गराउन सरकारसँग माग गर्ने कास्की काङ्ग्रेसका कार्यवाहक सभापति आचार्यले बताए। उनले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत सरकारलाई ज्ञापन पत्र बुझाईने उल्लेख गरे।बाढिले कन्याकुमारी गुरुङको घर बगाएको छ भने अन्य आठ घर÷परिवार जोखिममा परेका छन्।

बाढिका कारण स्थानीय चित्रकुमारी गुरुङ, गोपाल गुरुङ, पुण्य गुरुङ, तुलसी भुजेल, आशबहादुर भुजेल, भोमाया क्षत्री, यमबहादुर गुरुङ र आशमाया गुरुङको घर जोखिममा परेको कार्यवाहक सभापति आचार्यले जानकारी दिए।

कमेन्टहरु
Loading...