पोखराको प्रस्याङमा गाडीको ठक्करपछि स्कुटर चालकको मृत्यु

पोखरा २ साउन / पोखराको प्रस्याङमा आईतबार भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते छन् । पोखरा ५ पस्र्याङमा बोलेरो गाडीले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको ज्यान गएको हो ।

जिरो किलोमिटरबाट बाग्लुङबसपार्कतर्फ जादै गरेको ग २ च ३१९५ नम्बरको बोलेरो गाडीले सोहि दिशा तर्फ जादै गरेको ग ११ प ५३४५ नम्बरको स्कुटरलाई ठक्कर दिदा चालक १८ बर्षीय प्रदिप ढुंगानाको ज्यान गएको हो । लेखनाथ टाईगरटपका ढुंगानाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।

घाईते भएपछि तत्काल उपचारको लागि मेट्रोसिटी लगिएको थियो । थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा उनको ज्यान गएको थियो । स्कुटरको पछाडि रहेका शिब सुनार घाईते छन् । उनको सोहि अस्पतालमा उपचार भैरहेको प्रहरी नायब उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । ठक्कर दिने गाडी र चालक दुबै निण्न्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...