मैत्रीपुर्ण फुटबलमा खेलकुद पत्रकार विजयी

पोखरा, १ असार /अभियान युवा क्लव र नेपाल खेलकुद पत्रकार मंचविचको मैत्रीपुर्ण सेभेन ए साइडफुटबल खेलमा खेलकुद पत्रकारले अभियानयुवक्लव संग ४–० गोल अन्तरले जित हात पारेको छ । मंचको जितदर्ता गराउन मंचका कार्यसमिति सदस्य सुरज श्रेष्ठले ह्याट्रिक गरेका थिए भने शुसिल नेपालीले एक गोल गरे ।

पोखरा उपमहानगर वडा नं ५ जिरोमा स्थापित अभियान युवाक्लवले आफ्नो स्थापनाको दशौं वर्ष प्रवेशको अवसरमा भेट्रानहरु विच‘भेट्रानकप’सेभेन ए साइडफुटबल प्रतियोगिता समेत आयोजना गरेको थियो । भाइचारा तथा सम्वन्ध विकासमा जोड दिंदै भएको प्रतियोगितामा मालेपाटन टोल विकास संस्था, प्रस्याङ्गयुनाइटेड क्लव, पोखरा पिस क्लव र जिरो किमीक्लवहरुको सहभगिता रहेको थियो ।

सशस्त्रप्रहरी बल कालिकागण मालेपाटन खेल मैदानमाभएको फाइनल प्रस्याङ्ग युनाइटेडले मालेपाटन टोल विकास लाई १–० ले पराजित गर्दै प्रथम भएको थियो । टिमका लागि एक मात्रगोल अनिल पराजुलीले गरेका थिए ।

प्रतियोगितामा विजयी खेलाडी तथा टिमलाई सशस्त्रप्रहरी बल कालिकागणका गणपतीप्रहरी उपरिक्षक फणिन्द्र राजपौडेल, रिजनल हस्पिटल जिरो किमीका निर्देशक यज्ञराज सिग्देल, बाराही उच्च मावीका प्राचार्य शिव भण्डारी, क्लवका सल्लाहाकार दुर्गा सुनार, यज्ञ प्रसाद बास्तोला, खेलकुदपत्रकार मंचका अध्यक्ष केशवपाठक, क्लवका उपाध्यक्ष जय प्रकाशथापा (पप्पु), कार्यक्रम संयोजक धर्मेन्द्र घर्ती, क्लवका सचिव राजु गिरी लगाएतले विजयीटिम, खेलाडी र सहभागी क्लवहरुलाई प्रमाणपत्र प्रदान गरेकाथिए । कार्यक्रम क्लवका अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...