कहिले आउलान् पारस ?

१२ जेठ, काठमाडौं । ‘अन्ततः मैले पुनजीर्वन पाएको छु, म छिट्टै देश र्फकन चाहन्छु, सम्पूर्ण नेपालीहरुसँग बाचा गर्नु म अवश्य नेपाल र्फकन्छु’ एक महिना ७ दिनको अस्पताल बसाईपछि पूर्व युवराज पारस साहले आफ्नो फेसबुक पेजमा जनाएको प्रतिबद्धता हो यो । नेपालीको मायाले आफू बिसेक भएको र अब नेपाल नै फर्केर सामाजिक काममा लाग्ने भन्दै यसरी प्रतिबद्धता जनाएको दुई महिना हुन लाग्दा समेत पारस नेपाल र्फकनेरनर्फकने टुंगो लागेको छैन । उहाँ अझै थाईल्याण्डको पुनस्र्थापना केन्द्रमा हुनुहुन्छ paras shah

थाईल्याण्डमै रहेको बेला गत फागुन ८ गते बेहोस भएपछि पारसलाई बैंकको समितिभेज अस्पतालमा भर्ना गरियो । ११ दिनपछि मात्र उहाको होस आएको थियो । अवस्था निकै गम्भीर भएकाले परिवारजन, आफन्त र शुभेच्छुकले माया मारिसकेको अवस्था थियो । तर एकाएक पारसको स्वास्थ्य अवस्थामा सुधार आयो । उहा अस्पतालबाट डिस्चार्ज हुनुभयो र पुनस्र्थापना केन्द्रमा पुग्नुभयो ।

अहिले उहालाई पूर्ण रुपमा ठीक भएको पारसका सहयोगी सुनिल खड्काले अनलाइनखबरलाई जानकारी दिनुभयो । ‘उहा पूर्णरुपमा स्वस्थ भैसक्नुभएको छ, छिटै नेपाल र्फकनुहुन्छ’ खड्काले भन्नुभयो । तर, कहिलेसम्म र्फकनुहुन्छ भन्ने कुरा चाहि उहाले केही बताउनुभएन ।

अस्पतालबाट डिस्चार्ज भएर पुनस्र्थापना केन्द्र जानेबेला पारसले बाबु ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीसित पनि आफू नेपाल र्फकने बताउनुभएको थियो । पारस छिटै आउने भन्दै परिवार र आफन्त बैंककबाट नेपाल फर्केको पनि दुई महिना हुन लाग्यो । तर पारस आउने दिन टुंगो लाग्न सकेको छैन । बिरामी हुनु पहिलेजस्तै अहिले उहा फेरि थाई प्रेमिकाको सम्पर्कमा रहेको स्रोतको दावी छ ।

स्वागतको तयारी खेर गयो

झण्डै दुई हप्ताअघि नै पारस नेपाल र्फकने हल्ला चलेको थियो । पारसलाई स्वागत गर्न राजतन्त्रवादी र समर्थकले भव्य तयारी गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा फूलमालाले स्वागत गर्ने र त्यहाबाट अघिपछि मोटरसाइकल र्याली निकालेर दलबलसहित निवाससम्म पुर्याउने योजना थियो । स्वागतका लागि समिति समेत बनाइएको थियो । तर पारस आउने कार्यक्रम एकाएक रद्द भयो । अनि स्वागत गर्ने तयारीमा रहेका समर्थकहरु निराश भएका छन् । राप्रपा नेपालका नेता मोहन श्रेष्ठले स्वागतका लागि विभिन्न समिति बनेपनि पूर्वयुवराज आउने विषयमा अहिले केही टुंगो नलागेको बताउनुभयो ।

बाबु ज्ञानेन्द्र नारायणहिटीबाट चुपचाप नागार्जुन सर्ने बेलादेखि नै पारस असन्तुष्ट हुनुहुन्थ्यो । पत्नी हिमानीसग पनि उहाको सम्बन्ध राम्रो थिएन । पारिवारिक तनाव त छदैथियो, सुरक्षाका कारण पनि पारसलाई नेपालमा बस्न सहज भएन । जमिम साहको हत्या, युनुस अन्सारीमाथि कारागारभित्रै गोली प्रहार लगायतका घटनामा संलग्नहरुबाटै पारस असुरक्षित रहेको सुरक्षा स्रोतले यसअघि नै बताइसकेको छ । पारसलाई बिभिन्न क्षेत्रबाट खतरा भएको भन्ने चर्चा यसअघि पनि चलेको हो ।

पारिवारिक तनाव र असुरक्षाको कारण तीन वर्षदेखि पारस बिदेशमै हुनुहुन्छ । गम्भीर बिरामी भएर निको भएपछि उहालाई नेपाल आउने चाहना त भयो । तर, फेरि आफूमाथिको असुरक्षाले उहालाई नेपाल र्फकन सहज बनाएको छैन । कुनै दिन नेपाल फर्केपनि उहा फेरि उतै र्फकने सम्भावना रहेको पूर्वराजपरिवार स्रोतले जनाएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/75348/#sthash.Q4hyNlCG.dpuf

कमेन्टहरु
Loading...