रेग्मीले राजीनामा दिनुहुन्न : मन्त्री मल्लिक

१३ जेठ, बनेपा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विद्याधर मल्लिकले राजनीतिक दलले भन्दैमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा नदिने बताउनुभएको छ । सोमवारदेखि धुलिखेलमा सुरु राष्ट्रिय जनसङ्ख्या नीतिसम्बन्धी तीनदिने कार्यशाला गोष्ठीमा सहभागी हुन आएका मन्त्री मल्लिकले सञ्चारकर्मीसँग कुरा गर्दै राजीनामा माग गरेको कुरा राजनीतिक चर्चा मात्रै भएको बताउनुभयो ।

संविधानले नै प्रधानन्यायाधीश मन्त्रिपरिषद्को अध्यक्ष हुने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले चार दलका कारण संविधानसभाको मिति घोषणामा ढिलाइ भएको बताउनुभयो । चार दल मिले छिट्टै निर्वाचनको मिति घोषणा हुन्छ मन्त्री मल्लिकले भन्नुभयो-”सरकार मिति घोषणा गर्न सबै तयारी पूरा गरी बसेको छ ।” रासस

– See more at: http://www.onlinekhabar.com/2013/05/75305/#sthash.FGppuz9h.dpuf

कमेन्टहरु
Loading...