पोखरा, २९ असार/तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिदै आएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७३ पत्रकार मानबहादुर घर्ती९एमबी आस्था० मगर सम्मानीत भएका छन् ।

उनललाई कर्मा तमु, फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले नगद १० हजार खादा, प्रमाणपत्रले सम्मान गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले वितरण गर्दै आएको छ । एम आस्था ए बी सी न्युज टेलिभिजनका पश्चिमाञ्चल व्युरो प्रमुख हुन् । लामो समयदेखि पत्रकारिता मार्फत आदिवासी जनजाति क्षेत्रमा योगदान पुर्याएको भन्दै उनलाई पुरस्कृत गरेको हो ।
विगत डेढ दशक अघिदेखि पत्रकारितामा क्रियाशील आस्था विभिन्न संचार माध्यम हुदै एवीसी न्युज टेलिभिजनको व्युरो चिफ, तत्कालिन अनिज कास्कीको संस्थापक सचिव, हाल फोनिज कास्कीका सल्लाहकार, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्षको रुपमा क्रियाशील हुनुहुन्छ ।