साइनिङ हस्पिटल भएको जग्गा सार्वजनिकः पुरावेदन अदालत

पोखरा, २८ असार/पोखरा उपमहानगरपालिका वडा नं. १ टुडिखेल स्थित विगतमा साइनिङ्ग हस्पिटल रहेको ७० वर्षदेखि विवादित रहेको ६५ रोपनी जग्गा सार्वजनिक भएको पुनरावेदन अदालत पोखराले फैसला गरेको छ ।

नागरिक समाजवादी र गोपालभुषण पराजुली प्रतिवादी रहेको उक्त मुद्धा पुनरावेदन अदालतका न्यायधीस डम्बरबहादुर शाहको इजलासले शुरु फैसला सदर गर्दै उक्त जग्गा सार्वनजिक भएको आइतवार फैसला गरेको हो ।

यस अघि कास्की जिल्ला अदालतबाट न्यायधीस रामप्रसाद अधिकारीको इजलासले उक्त जग्गा सार्वजनितक भएको फैसला गरे पछि प्रतिवादीको तर्फबाट पुनरावेदन गरिएको बताइन्छ ।

जग्गा सार्वजनिक भएको फैसला पश्चात लामो आन्दोलनमा रहेको स्थानियवासीले सार्वजनिक सम्पत्तिको संरक्षण भएको भन्दै खुशी व्यक्त गरेको मुद्धाका वादी नागरिक समाजकी अध्यक्ष माया गुरुङले बताउनुभयो ।

कमेन्टहरु
Loading...