बिनोद बाँनियाकी साहुकी छोरी कौसीमा, दिल चाही ‘रौसी’मा

रेम बिक
पोखरा, २७ असार/ सबै क्षेत्रमा नयाँ पारा नै चल्दै आएको छ । नेपाली साँगीतिक क्षेत्रमा पछिल्लो समय चट्के गीतहरु बढि चल्तीमा छन् । ‘पारि त्यो डाँडामा’ होस् या पछिल्लो समय हिट भएको ‘फनटास्टिक’ गीत । ‘नाचुम नाचुम’ लाग्ने यस्ता गीतहरु स्रोताको रुचीमा बढि परेका छन् । सामाजिक संजाल युट्युब होस् या संचारमाध्यमहरु । यस्तै गीतहरु अहिले ‘ट्रेन्डिङ’मा अगाडि छन् । त्यसैले पछिल्लो समय अन्य गायक तथा संगीतकारहरु पनि यस्तै खाले ‘ट्रेन्ड’ पछ्याउँदैछन् । र, यस्तो ट्रेन्ड फलो गर्नेमा पोखरेली संगीतकर्मी पनि अगाडि छन् ।

बिनोद बाँनिया
बिनोद बाँनिया

केहि समय अगाडि विवादसँगै चर्चामा आएको गीत ‘रेशम फिलिलि, झिम्के परेली’ यसको उदाहरण हो । युट्युबमा हेर्नेको सँख्या बाक्लिने, संचारमाध्यमहरुले पनि खोजी खोजी बजाउने र स्टेजमा पनि जम्ने भएपछि गायक तथा संगीतकारहरु यस्तै गीत बनाउनतर्फ कस्सिएर लागेका छन् । पोखराकै चर्चित गायक विनोद बाँनिया पनि यहि ट्रेन्डलाई समात्दै पछिल्लो एल्बममा एउटा यस्तै खाले गीत समावेश गरेका छन् । ‘साहुकी छोरी कौसिमा, दिल बस्यो रौसीमा’ बोलको गीत यतिबेला खुब चर्चामा छ । र, यो गीतको भिडियो पनि केहि दिनभित्रै सार्वजनिक हुँदैछ । पछिल्लो समय नेपाली गीतहरुको ट्रेन्डको विषयमा विनोद बाँनियासँगको कुराकानीमा आधारित सामाग्री स्

म त बलेनीमा
साहुकी छोरी कौसीमा
दिल बस्यो ‘रौसी’मा‘‘‘‘।

विनोद बाँनियाले गाएको पछिल्लो गीत हो यो । गायक विनोद बाँनियालाई लाग्छ, यो गीत चल्छ । हुन त आफ्नो गीत चल्छ जस्तो जुनसुकै गायक, संगीतकार या गीतकारलाई लाग्छ । तर यो गीत सुन्ने जति सबैले मुखमै झुण्डाउन थालेपछि बानियाँ बढि नै आशाबादी छन् । लामो समय यता पोखरामा रहेर गायनकर्ममा व्यस्त बानियाँले यो गीतबाट आफुलाई देशव्यापी हिट बनाउने तयारीमा छन् ।

यो गीतको शब्द सोभियत खड्का र महादेव आचार्यले मिलेर तयार पारेका हुन् । यसको कम्पोज भने बाँनिया आफैले २०५८ साल ताका नै तयार पारिसकेका थिए । तत्कालिन समयमा यो गीत गाउने हिम्मत नजुटेपनि पछिल्लो समय यस्तै प्रकृतिका गीतहरु चल्न थालेपछि उनलाई पनि यो गीत गाऊँ गाऊँ लाग्यो । र, रेकर्ड पनि गराईहाले । अबको केहि दिनमा गीतको भिडियो सार्वजनिक हुँदैछ । लक्ष्मण पौडेलको निर्देशनमा पल शाह र अलिशा राई यो गीतमा फिचर भएका छन् । अर्जुन तिवारीले धुलिखेल आसपासको ग्रामिण लोकेशनमा यो गीतको भिडियोलाई खिचेका हुन् ।

‘यो ओभरअल नेपालभरि चल्ने गीत हो । किनभने यो मुखमा झुण्डिने खालको छ । र, हामीले यो गीतको भिडियोलाई पनि त्यहि अनुसारको बनाएका छौँ । मेकिङको हिसाबले हामीले कुनै कसर बाँकी छाडेका छैनौँ ।’ निर्देशक लक्ष्मण पौडेलले बताए । र, विनोद बाँनियाले पनि गीतको शब्दमा ‘आञ्चलिकता’ झल्किने भएपनि सबै क्षेत्रमा यो गीत चल्ने कुरामा आफु ढुक्क रहेको सुनाए ।

binod baniya, विनोद बानिया
विनोद बानिया

हुन त विनोद बाँनियाले गीत गाउन थालेको थुप्रै वर्ष भैसक्यो । विनोद बाँनियाले काठमाण्डौ बेस भएर गीत गाएको भए अझै हिट हुनेथियो भन्नेहरु पनि धेरै छन् । तर उनी पोखरामै बसेर साँगीतिक सँघर्ष गरिरहेका छन् । तर यस्तो खाले गीत उनको लागि नयाँ प्रयोग हो । मायाप्रेम र विछोडसँग सम्बन्धित गीतहरुलाई आफ्नो मार्का बनाएका बानियाँले किन यस्तो शैली अपनाए त रु

विनोद भन्छन्–‘मेरा गीतहरु नचलेर मैले अर्को प्रकृतिको गीत गाएको होईन । मैले यसमा प्रयोग गरेको हो । र, मेरो मान्यता के हो भने गायक भएपनि जस्तो प्रकृतिको गीत पनि गाउन सक्नुपर्छ । भर्सटाईल गायक बन्नको लागि पनि मैले यसो गरेको हुँ । कर्मसियल गीत जुन सुन्दा मान्छेलाई झ्याप्पै गाउन मन लागोस् र उफ्रिन मन लागोस् अनि स्टेज तताउन सकियोस् भनेर मैले यो गीत बनाएको हुँ ।’

जस्तो ट्रेन्ड आयो त्यस्तै गरेर हिँड्ने हो भने त्यसमा खासै सृजनशिलता देखिँदैन । र, आफ्नोपन पनि हराउन सक्छ । के विनोद बाँनियाले आफु नचलेर आफ्नो गायकीको धार परिवर्तन गरेका हुन् त रु विनोद बाँनिया यो कुरा चाँहि मान्न तयार छैनन् । उनी भन्छन्–‘ट्रेन्ड अनुसार पनि चल्न जान्नुपर्छ । नदिको धारसँगै बग्दै गयो भने मात्रै समुद्रमा पुग्न सकिन्छ । नत्र कतै पाखा लाग्न पनि सकिन्छ । बजारको स्थिती हेरेर पनि चल्नुपर्छ । यद्यपी मैले मेरो धार परिवर्तन गरेको भन्ने पटक्कै होईन ।’

पोखराको एउटा गतिलो गायन प्रतिभा हुन्, विनोद बानियाँ । उनको पछिल्लो गीतले राष्ट्रियस्तरमा कस्तो प्रभाव छोड्छ, त्यो भने हेर्न बाँकी छ । यद्यपी बानियाँलाई सफलताको शुभकामना । मेनखबर डटकमबाट

कमेन्टहरु
Loading...