टुहुरा बालबालिका संरक्षण गर्ने पोखरामा सम्मानीत

पोखरा, २६ असार /महिला तथा बालबालिका कार्यालय कास्कीले अनाथ भएका बालकालिकालाई उचित संरक्षण गरेकाहरुलाई सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा सौमराङ गाविस ६ का बादल नेपाली, दाङसिङ गाविसकी भिमकुमारी क्षेत्री, भदौरे तामागी गाविस ९ कि शिला उपाध्य र बालगृह मध्येबाट स्टार चिल्डेन होम पोखरा सम्मानी भएका हुन् ।

सम्मानीत सबैलाई कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले दोसल्ला र प्रमाणपत्रले सम्मानी गरेका थिए । सम्मान पछि भण्डारीले सबैले टुहुरा भएका बालबालीकालाई संरक्षण गर्ने हो भने सडकमा बालबालिकाको नै नहुने बताए । उनले सबैले राम्रो कामको सिको गर्न सुझाब समेत दिए ।

टुहुरा बालबालिका संरक्षण गर्ने पोखरामा सम्मानीत
टुहुरा बालबालिका संरक्षण गर्ने पोखरामा सम्मानीत

महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख लक्ष्मी जिसिले कास्कीमा रहेका बालगृहले राम्रो सँग बालबालिकालाई शिक्षा दिक्षा दिएको बताइन् । उनले पोखरामा रहका १ सय ११ जना सडक बालबालिकालाई पनि बालगृहमा राखेर शिक्षा दिन सके अझ राम्रो हुने बताइन् ।

कास्कीमा हाल ५८ वटा बालगृहमा १ हजार ४ सय ५६ जना बालबालिका रहेको महिला तथा बालबालिका कार्यालय कास्कीकी बाल संरक्षण अधिकृत बिन्दु भण्डारीले जानकारी दिइन् । उनले बाबुआमा गुमाएका बालबालिकालाई सबैले सरक्षण गर्नु पर्नेमा जोड्दिन् । कार्यक्रममा बालगृहका समस्याका र निधानका बारेमा समेत छलफल भएको थियो ।

कमेन्टहरु
Loading...