मिस्टर एण्ड मिस कलेज नेपालको उपाधी निश्चल श्रेष्ठ र सृष्टी गुरुङलाई

पोखरा २६ असार /घोस्पेल मल्टिमिडिया प्रालिले आयोजना गरेको मिस्टर एण्ड मिस कलेज नेपाल २०१६ को उपाधी निश्चल श्रेष्ठ र सृष्टी गुरुङले हात पारेका छन । उपाधीसंगै श्रेष्ठ र गुरुङले जनही ५० हजार नगद सहित विभिन्न गिफ्ट ह्याम्पर हात पार्न सफल भएका छन ।

कलेज अध्ययन संगै युवाहरुलाई विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुन अभिप्राय प्रदान गर्ने उद्देश्यले आयोजना गरेको उक्त प्रतियोगितामा अनिस सेन्चुरी र मोनिका पनेरु फ्रस्ट रनरअपको उपाधी हात पार्न सफल भए । उपाधी संगै १० हजार नगद र गिफ्ट ह्याम्पर हात पार्न सफल भए ।

मिस्टर एण्ड मिस कलेज नेपालको उपाधी निश्चल श्रेष्ठ र सृष्टी गुरुङलाई
मिस्टर एण्ड मिस कलेज नेपालको उपाधी निश्चल श्रेष्ठ र सृष्टी गुरुङलाई

प्रतियोगितामा करुण गुरुङ र निकिता श्रेष्ठ सेकेण्ड रनरअपको उपाधी हासिल गर्न सफल भएभने राजेश तिलिजा पुन र बिन्जु तिलिजा पुन तेश्रो रनरअपको उपाधी हासिल गर्न सफल भए । उपाधी संगै उनीहरुले जनही ५ हजार नगद पुरस्कार सहित बिभिन्न गिफ्ट ह्याम्पर हात पार्न सफल भए । प्रतियोगितामा निश्चल श्रेष्ठ, सरिना थापाले भ्युवर च्वाइस सहित गिफ्ट ह्याम्पर हात पारे ।

प्रतियोगितामा मिस नेपाल २००० उषा खड्गी, प्रतिभा उच्च माविका किरण केसी , पोखरा उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख ओमराज पौडेलले निर्णायकको भुमिका निर्वाह गरेको घोस्पेल मल्टिमिडिया प्रालिका निरु पुनले जानकारी दिइन ।

कमेन्टहरु
Loading...