रोटरी क्लब अफ पोखरा मिडटाउनको अध्यक्षमा बराल

पोखरा, २६ असार/रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत रोटरी क्लब अफ पोखरा मिडटाउनको अध्यक्षमा  हेमराज बराल निर्वाचित भएका छन् । रोटरी क्लबले शनिबार सम्पन्न १५ औं पदस्थापना अध्यक्ष बरालले रोटरी वर्ष २०१६÷०१७ मा आपूmले ‘स्वार्थ भन्दा माथि उठेर सेवा गरौं’ भन्ने पवित्र नाराका साथ मानवीय र सामाजिक क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वहाँले पोखरा र यस क्षेत्रको स्वास्थ्य, शिक्षा, वातावरण लगायतका मानवीय सेवामा क्रियाशील रहने आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभयो । कार्यक्रमका क्लबका निवर्तनमा अध्यक्ष पुरन कुँवरले अघिल्लो वर्षमा गरेका गतिविधिको प्रकाश पार्नुभएको थियो । समारोहमा रोटरी इन्टरनेशनल ३२९२ का डिष्ट्रिक्ट गभर्नर इलेक्ट संजय गिरीले रोटरी विश्वव्यापी रुपमा मानवीय सेवामा क्रियाशील संगठन भएको बताए ।

हेमराज बराल
हेमराज बराल

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, असिष्टेन्ट गभर्नर सुभाष सिग्देल, रोटरियनहरु सुन्दर गुरुङ, कृष्णप्रसाद घिमिरे, श्रीमान गुरुङ, रामचन्द्र पौडेल, डा. पुष्पराज शर्मा, पुरन कुँवर, सन्तोष पोखरेल, सरस्वती गुरुङ लगायतले रोटरीको योगदान र उद्देश्यका बारेका प्रकाश पारे । क्लबका अध्यक्ष हेमराज बरालको अध्यक्षतामा भएको समारोहमा अध्यक्ष बरालले निवर्तमान अध्यक्ष पुरन कुँवर, प्रेसिडेन्ट इलेक्ट योगराज पौडेल, भाइस प्रेसिडेन्ट पुष्पराज शर्मा, सेक्रेटरी जयमोहन भट्टराई, कोषाध्यक्ष सरस्वती गुरुङ, निर्देशकहरु सन्तोष पोखरेल, दिलीप शर्मा, श्रीमान गुरुङ, माइकल कर्माचार्य, रामचन्द्र पौडेल, टे«नर कृष्णप्रसाद घिमिरे, मेन्टर सुन्दर गुरुङ र इडिटर रत्नमान गुरुङलाई सपथ ग्रहण गराए ।

क्लबका एभिन्यूज चियरपर्सनहरुमा सोनी ढेवाजु, विश्वराज बास्तोला, मुना बास्तोला, महेन्द्रबहादुर गोदार, विनोद हेजु, कृष्णबहादुर थापा र सर्जेन्ट एटआममा विष्णुमाया गुरुङ रहेका छन् । उक्त समारोहमा क्लबले प्रकाशन गरेको स्मारिका ‘रोटरी इमेज’ विमोचन गरिएको थियो । उक्त स्मारिका सम्पादक रवीन्द्र बास्तोला रहेका छन् । कार्यक्रममा नयाँ सदस्य सौन्दर्यकर्मी चिनु गुरुङ र डा.हरि पौडेललाई सदस्यता प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...