वाईसीएल पुनः सक्रिय हुने

१२ जेठ, काठमाडौं । चुनावी सरगर्मी बढ्दै जाँदा एकीकृत नेकपा माओवादीका युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएल पुनः सक्रिय हुने भएको छ । वाईसीएलको राष्ट्रिय अधिवेशन आयोजक समितिको बैठकले वाईसीएललाई पुनः सक्रिय बनाउने निर्णय गर्दै कार्यक्रमहरु बनाएको छ । ‘ वाईसीएल भने एमाओवादीको मिनी पार्टी समेत हो । कांग्रेस, एमाले लगायतका दलले शान्ति प्रक्रिया नै पूरा हुँदैन भनेपछि स्थगित गरिएको थियो । वाईसीएललाई स्थगित गर्दा पनि संविधान त बनेन’ नेवा राज्य संयोजक दिवशिखाले अनलाइनखबरसँग भन्नुभयो-अब फेरि पुनर्जीवन दिने निर्णय भएको छ । जनखबरदारी र जनसेवाको काममा सक्रिय हुन्छौं ।’

त्यसका लागि गाविसमा एक वडा-एक वाईसीएल, नगरमा एक टोल-एक वाईसीएल, शिक्षण संस्थामा एक सेक्शन-एक वाईसीएल, उद्योगमा एक उद्योग-एक वाईसीएको नारा अनुसार संगठन विस्तार गरिने वाईसीएलको निर्णय छ ।

वाईसीएल अधिवेशन आयोजक समितिको बैठकले असार १५ भित्र तल्लो तहदेखि राज्य समितिसम्म अधिवेशन गर्ने र एकताको पहिलो राष्ट्रिय अधिवेशन भदौं १५ देखि १८ गतेसम्म काठमाडौ.मा गर्ने निर्णय गरेको छ । अधिवेशनको पूर्व सन्ध्यामा युवा सप्ताह मनाइने वाईसीएल अध्यक्ष गणेश पुनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी स्ववियु चुनावका लागि एक्यवद्धता कार्यत्रम गर्ने, सबै कमिटीले कम्तिमा १/१ वटा उत्पादन र जनसेवाका योजना तयार पार्ने निर्णय गरेको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/75000/#sthash.XaIvPF5h.dpuf

कमेन्टहरु
Loading...