सल्यानी समिति कास्कीको रक्तदानमा ६९ युनिट संकलन

पोखरा, २५ असार /रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नारा सहित सल्यानी समिति कास्कीले पोखराको प्रस्याङचोकमा तेर्हौ पटक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान कार्यक्रममा ६९ युनिट रगत संकलन गरेको छ ।

कार्यक्रममा पहिलो रक्तदाता सल्यानी समिति कास्की सदस्य सीता ढकाल पौडेललाई कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी कास्कीका जिल्ला अध्यक्ष बामदेव ढुङ्गनाले ब्लड ब्याग हस्तान्तरण कार्यक्रम उद्घाटन गरे । उनले रगत अभावमा छट्पटाई रहेका बिरामीहरूलाई जीवन बचाउन सहयोग पुग्ने भन्दै सल्यानी समितिले बिगतका बर्षहरूमा गरेको सहयोगको मुल्यांकन गर्दै आगामी दिनमा रक्तदान कार्यक्रमलाई बृद्धी गर्दै लैजान आग्रह गरे ।

कार्यक्रममा अतिथि नेपाल रेडक्रस सोसाईटी कास्कीका उपाध्यक्ष डण्डराज पौडेल, नेपाली कांग्रेस कास्कीका नेता तथा पुर्व सांसद शुक्रराज शर्मा लगाएतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...