उपराष्ट्रपतिको भूमिका देखियोस् भनेर लडाईँ लडिरहेको छु : उपराष्ट्रपति

ताप्लेजुङल – उपराष्ट्रपति परमानन्द झाले दलहरुले २०७१ साल जेठसम्म वर्तमान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई प्रधानमन्त्री वा प्रधान न्यायधीश बराबरकै हैसियत र सेवा सुविधा दिने निर्णय गरे रेग्मीले राजीनामा दिने बताएका छन्। उनले प्रधानमन्त्रीमा नियुक्त गरेर दलहरुले एउटा फड्को मारिसकेकोले अब बहालवाला वा अन्यको विषयमा छलफल गर्नुको कुनै अर्थ नहुने बताए।
‘२०७१ साल जेठ महिनादेखि उहाँको सेवाकालीन म्याद सकिँदैछ, तर निर्वाचनका लागि अझै भरपर्दो वातावारण छैन,’ आज ताप्लेजुङको सुकेटारमा आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति झाले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीप्रति संकेत गर्दै भने, ‘निर्वाचनका लागि वातावरण मिलाउन कञ्जुस्याईँ गर्ने प्रणालीले मन्त्रिपरिषद् अध्यक्ष आफैं अल्मलमा हुनुहुन्छ’।

प्रसिद्ध तीर्थस्थल पाथिभरा पद्मार्ग तथा मन्दिर क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा तथा त्यहाँ बनेका मन्दिर क्षेत्रमा निमार्ण भएको प्रवेशद्वार तथा खानेपानी ट्याङ्कीको उद्घाटनका क्रममा यहाँ आएका उनले मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको मंसिर भित्रमा निर्वाचन गराएर सत्ता हस्तान्तरणपछि फेरी प्रधान न्यायधीशको रुपमा फर्किएर सेवा गर्ने इच्छा रहेको दाबी गरे। झाले कि त मंसिर सम्ममा चुनाव गराउने वातावरण मिलाउन र नभए जेठसम्म रेग्मीलाई पहिला वा अहिलेको सेवा सुविधाबाट बञ्चित नगर्न दलहरुलाई आग्रह गरे। चुनावको मिति रेग्मीको कारणले नभई दलहरुको अडानकै विवाद र अल्झनले तोकिन ढिलाई भएको झाको आरोप थियो।

उपराष्ट्रपति झाले आगामी संविधानमा यो पदको भूमिकालाई अहिलेको भन्दा फराकिलो नबनाए पदको कुनै अर्थ र महत्व नहुने बताए। ‘मैलै धेरै कुरा उठाए तर, संविधानमा उपराष्ट्रपतिको भूमिका बढाउने र हैसियत दिने काम भएन, ‘उनले भने, ‘अब मेरो लागि भन्दा पनि भावी दिनमा आउने उपराष्ट्रपतिको भूमिका देखियोस् भनेर लडाईँ लडिरहेको छु।’ उनले नयाँ संविधानमा उपराष्ट्रपतिको भूमिका कायम नभए पद सृजना र मान्छेलाई पंगु बनाउने कार्य मात्र भइरहेको दाबी गर्दै तीब्र असन्तुष्टी व्यक्त गरे।

नले देशलाई संकटको घडी तर्फ धकेल्नमा शीर्ष दलको मुख्य भूमिका रहेको बताए। ‘देशलाई संकटबाट मुक्त बनाउन दलहरुबीचमा सहमति आवश्यक छ,’ नागरिकसँग कुरा गर्दै उनले भने। एक छुट्टै प्रसंगमा उपराष्ट्रपति झाले केन्द्रदेखि स्थानीय निकायसम्मको नेतृत्व कर्मचारीको नेतृत्वमा रहेकोले यो बेला देशलाई नयाँ मोड दिएर आफ्नो अस्तित्व रक्षा गरे कर्मचारी तन्त्रप्रति जनताको विश्वास स्थापित हुने बताए। उनले अस्तित्वको लडाईँ रहेकोले पनि कर्मचारी वर्गले जनताले राहत पाउने गरी काम गर्नुपर्नेमा जोड दिए। cp. nagariknews.com

कमेन्टहरु
Loading...