नेवि संघको गुट–उपगुट अन्त्य गर्न समन्वय समिति

पोखरा, २४ असार /कास्की जिल्लाका सम्पूर्ण क्याम्पसका नेवि संघका अगुवा कार्यकर्ताको भेला पश्चिमान्चल इन्जिनियरिड्ग अध्यन संस्थान लामाचौरमा समपन्न भएको छ ।

उक्त भेलाले क्याम्पसमा विभिन्न गुट र उपगुटको नाममा गरिने वा गरिएको विवाद अन्त्य गर्न अब आफै दबाब दिने उद्देश्यका साथ सबै क्याम्पसका इकाई अध्यक्ष पदेन सदस्य रहने गरी विद्यार्थी नेता विकास थापालाई संयोजक चयन गरी “कास्की जिल्ला नेवि संघ क्याम्पस समन्वय समिति’ गठन गरिएको जनाएका छन् ।

उक्त भेलामा नेवि संघ केन्द्रीय सदस्य सरोज केसीले भागवण्डाको नाममा गैर विद्यार्थीलाई भूमिका दिन खोज्ने खेल हुन नदिने र नेतृत्वदायी भूमिकामा रहेका विद्यार्थीहरूको राजनीतिक अधिकार सुनिश्चित गराउन आफू जिम्मेवार भई लाग्ने बताए । उनले पार्टीका शीर्ष नेताहरूलाई समेत ने वि संघको आन्तरिक विवादमा गुट र उपगुट बनाएर चलखेल नगर्न चेतावनी दिए ।

नेवि संघको गुट–उपगुट अन्त्य गर्न समन्वय समिति
नेवि संघको गुट–उपगुट अन्त्य गर्न समन्वय समिति

अर्का केन्द्रीय सदस्य गोविन्द लामिछानेले विवादित क्याम्पसका विद्यार्थी नेताहरू आफै मिलेर आएमा सुनमा सुगन्ध हुने बताए । उक्त भेलाबाट चयन समन्वय समितिका संयोजक विकास थापाले जिल्ला र केन्द्रको विवाद लिएर विभिन्न गुट र उपगुटका नाममा क्याम्पसमा प्रवेश गर्न खोज्नेहरू लाई अब विद्यार्थीहरूले बहिश्कार गर्ने र त्यसको नेतृत्व आफुले गर्ने बताए।

उक्त भेलामा ने वि संघ कास्कीका सचिव विक्रमादित्य सिंह गिरीले नेवि संघ कास्कीलाई निकास दिन चुनावको आवस्यतामा जोड दिए । उनले पत्रका आधारमा हुने राजनीतिक खेल बन्द हुनुपर्ने भँन्दै स्वच्छ अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए । भेलामा उपाध्यक्ष अन्जान थापा, क्षेत्र नं २ का सभापति गोविन्द नेपाली, गोपाल गुरुङ, दिपक शर्मा वाग्ले, विश्वास गुरूड्गÞ, प्रविन पौड़ेल, ध्रुव अधिकारी, हेमन्त पाण्डे, कमल पौड़ेल, महेश न्यौपाने, प्रिन्स जैसवाल, सन्दिप सुवेदी, सुदीप शर्मा लगायत विद्यार्थी नेताहरूले आफ्नो भनाई राखेका थिए । उक्त भेला पोखरा इन्जिनियरिङ अध्ययन संस्थान ने वि संघ अध्यक्ष पवन बाबु बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...