सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार–प्रवक्ता भुषाल

पोखरा, २४ असार/नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तैयार रहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले जसको नेतृत्वमा सहमती हुन्छ त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउनु पर्ने र नेतृत्व दिए माओवादी पछि नहट्ने बताइन् ।

“संविधान कार्यान्वयन, जनताका भावनालाई सम्वोधन र शान्ति प्रकृयाका वांकी काम पूरा गर्न सहमतीको विकल्प छैनै उनले भनिन् –सहमती कायम गर्नका लागि नेकपा माओवादी केन्द्रले पहल सुरु गरेको बताइन् । दुई ठूला पार्टी वीचको सहमती एक वर्ष अघि टुटेपछि नेकपा एमालेको नेतृत्वमा माओवादी लगायतका दलहरु मिलेर सरकार बनेको स्मरण गराउंदै प्रवक्ता भुषालले बहुमतीय आधारमा बनेको सरकार प्रभावकारी हुन नसकेको बताइन् ।

सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार–प्रवक्ता भुषाल
सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार–प्रवक्ता भुषाल

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजकाजी गुरुङ्ग, सल्लाहकार कोमलनाथ बराल, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस सेन्टर प्रदेश नं ४ का संयोजक त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगाएतले दल र सरकार दुबैले पत्रकारकालाई प्रयोग मात्रै गरेको आरोप लगाएका थिए ।

कमेन्टहरु
Loading...