कोरला नाका खुलाउन तीन उपप्रधानमन्त्री कोरलामा

मुस्ताङ, २४ असार/कोरला नाका दीर्घकालीन रुपमै खुलाउन सरकारले पहल अगाडी बढाएको छ। आजको कान्तिपुर दैनिकमा समाचार छ।

पोखरा–कोरला सडकलाई द्रुत गतिमा स्तरोन्नति गर्ने र सिमानामा सेनाको व्यारेकदेखि बोर्डर आउट पोस्ट (बीओपी) राख्न काम थालिएको छ। यसका लागि तीन उपप्रधानमन्त्री लगायत नेता र सरकारी अधिकारीहरुले बिहीबार चीनसँग जोडिएको कोरलाको अवलोकन गरेका छन्।

उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, भीम रावल र टोपबहादुर रायमाझीले तुरुन्तै कोरला क्षेत्रमा सेनाको ब्यारेक र बीओपी राख्न सरकारले तयारी थाल्ने बताए। उनीहरुले चीनसँग् बार्ता गरेर कुनै पनि हालतमा यस वर्षदेखि नाका खुलाएरै छाड्ने दृढता व्यक्त गरेका छन्।

कमेन्टहरु
Loading...