फेवा तालमा २० हजार माछाका भुरा छोडियो

शशी पौडेल
पोखरा, २२ असार /जिल्ला कृषि विकास कार्यालय कास्कीले फेवा तालमा २० हजार माछाका भुरा छाडेको छ । फेवातालको खपौंदी स्थित क्षेत्रबाट विभिन्न जातका २० हजार माछाका भुरा छोडेको हो ।

हर्पन फेवा मत्स्य सहकारी संस्थाको सम्मन्यमा रौ, नैनी, विगेट, सिल्भर भाकुर लगाएतका माछा छाडेको हो । खपौदीमा आयोजित कार्यक्रममा क्षेत्रीय प्रशासक शकंरप्रसाद कोइरालाले माछा सगै फेवातालको पनि सरक्षणमा सबैले ध्यान दिनु आवश्यक रहेको बताए ।

फेवा तालमा २० हजार माछाका भुरा छोडियो
फेवा तालमा २० हजार माछाका भुरा छोडियो

क्षेत्रीय प्रशासक शकंरप्रसाद कोइराला, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेशप्रसाद कोइराला लागयतले माछाका भुरा फेवातालमा छाडेका थिए ।

फेवा तालमा एक लाख रुपैया बराबरका २० हजार माछाका भुरा छाडको बताउदै कृषि कार्यालयका रमेशप्रसाद कोइरालाले बेगनास तालमा शुक्रबार भुरा छाड्ने बताए ।

कमेन्टहरु
Loading...