बर्षाले सडक बगाएपछि पुर्वपश्चिम राजमार्ग अवरुद्ध

१२ जेठ, नवलपरासी । नवलपरासीको लोकाहाखोलामा आएको बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । जीर्ण भएको पुल मर्मत नभएपछि बैलल्पिक रुपमा बनाइएको डाइभर्सन पानीले बगाएको हो ।गएराति आएको अविरल बर्षाका कारण डाइभर्सन बगाएर पछि आज विहानैदेखि उक्त क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको हो । अस्ति शुक्रबार पनि भत्किएको उक्त डाइभर्सन आवश्यक निर्माण गरी बाटो सञ्चालनमा ल्याइएको थियो ।

सो क्षेत्रमा पानी पर्नेक्रम नरोकिएकाले बाटो मर्मत गरी यातायात सुचारु गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारीका साधन तथा यात्रुहरु बीच बाटो मै अलपत्र परेका छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74869/#sthash.WYrmzz5n.dpuf

कमेन्टहरु
Loading...