प्रचण्डको आरोप ओलीजीलाई, छलकपट भयो

काठमाडौं, १९ असार/माओवादी केन्द्रमा सत्ता गठबन्धनमा फेरि खटपट आएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको आरोप छ।

आजको नयाँ पत्रिकामा छापिएको खबर अनुसार प्रचण्डले बैंठकमा ब्रिफिङ गरेको कुरा यस्तो छ( एमालेसँग वामपन्थीहरूको सरकार बनाउने, लामो समयसम्म सहकार्य गरेर जाने उद्देश्यका साथ दुवै पार्टीका शीर्ष नेताको टिम नै बसेर निष्कर्षमा पुगेका थियौँ। शान्तिप्रक्रियाका मुद्दा, संविधान कार्यान्वयनलगायतका विषयमा केन्द्रित रहेर साझा अवधारणासहित सत्तागठबन्धन बनाएका हौं।

तर, उसले सहमति कार्यान्वयन गरेन। फेरि वैशाखमा नौबुँदे लिखित सहमति गर्‍यौँ। त्यसैवेला दुई पार्टीबीच तीनबुँदे भद्र सहमति पनि भएको थियो । त्यो सहमतिमा सरकारको नीति तथा कार्यक्रम र बजेटसम्म ओलीजी प्रधानमन्त्री हुने र त्यसपछि हामीलाई सत्ता हस्तान्तरण गर्ने कुरा थियो । तर, अहिले ती केही पनि कार्यान्वयन भएनन्।

प्रधानमन्त्री ओलीसँग मैले शुक्रबार पनि यस विषयमा कुराकानी गरेँ । हामीसँग भएको लिखित र भद्र सहमति पालना नभएकोमा निकै गम्भीर भएर विषय राखेँ । तर, ओलीले अहिले आएर तीनबुँदे भद्र सहमति थाहै नभएको बताउनुभयो । ‘मलाई थाहै छैन, कुन सहमतिको कुरा गरेको रु कहाँ भएको थियो त्यस्तो सहमति’ भनेर उहाँ प्रस्तुत हुनुभयो । यो सीधै छलकपट भयो । त्यसले हामीलाई नैतिक प्रश्न उठ्यो, गाह्रो भयो ।

कमेन्टहरु
Loading...