हर्पन खोलामा पौडी खेल्दा डुबेर एक मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, १९ असार/पौडी खेल्ने क्रममा हर्पन खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । भदौरे तामागी ५ नौ विसेका गोपाल भण्डारीका ७ वर्षिय छोरा रोशन भण्डारीको पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

शनिबार दिऊसो ३ बजे तिर हर्पन खोलाको पौडी खेल्न गएका दुई जना मध्ये भण्डारी खोलामा डुबेका थिए । डुबेको थाहा पाएपछि स्थानीयले खोलाबाट निकालेर मेडिकलमा उपचारका लागि लगेका सिद्धबराहा उच्चमाविका शिक्षक धु्रव भण्डारीले जानकारी दिए ।

उपचारका लागि पोखरा ल्याए पनि उनको भण्डारीको मृत्यु भई सकेको आफ्न्तले जानकारी दिए । गोपाल भण्डारीको घर अघिल्लो वर्ष बाढिले बगायो, व्लक उद्योग पनि बाढिले लग्यो यस वर्ष फेरी खोलाले छोरा लग्यो शिक्षक भण्डारीले भने उनलाई दुःख माथि दुःख थपिएको छ ।

कमेन्टहरु
Loading...