पोखराको विश्वकर्मा समुदाय श्रीमद् भागवत गीता तथा विश्वकर्मा पुराण प्रवचनमा

पोखरा, १८ असार/पोखराको विश्वकर्मा समुदायले पोखरामा श्रीमद् भागवत गीता तथा विश्वकर्मा पुराण प्रवचनको श्रृंखला शुरु गरेको छ । यो शनिबारसम्म आईपुग्दा समुदायले चारवटा प्रवचनको श्रृंखला सकाईसकेको छ । विश्वकर्मा अध्ययन तथा ज्ञान प्रचार मण्डल गठन गरि विश्वकर्मा समुदायले यस्तो खाले धार्मिक प्रवचन थालेको हो ।

विश्वकर्मा समुदायले शुरु गरेको प्रवचनको श्रृंखलामा ब्राह्मणसँगै विश्वकर्मा पण्डितहरुले प्रवचन दिँदै आएका छन् । पहिलो र तेस्रो श्रृंखलाको प्रवचन पण्डित कमनयन गौतम र दिपक सापकोटाले दिएका थिए । विश्वकर्मा समुदायकै पण्डित आशबहादुर विश्वकर्मा र पुर्णबहादुर विश्वकर्माले पनि दुई श्रृंखालामा प्रवचन दिईसकेको मण्डलले जनाएको छ ।

विश्वकर्मा मन्दिर रामबजारमा श्रीमद् भागवत गिता तथा विश्वकर्मा पुराण प्रवचन कार्यक्रम हुँदै आएको छ । ‘भागवत गीता सर्वश्रेष्ठ प्राचिन वेद भएको कुरा विश्वका धर्मावलम्बीहरुले स्विकार गरिसकेको अवस्था छ । तर हिजोसम्म वेद र गायत्री मन्त्र सुन्ने सुद्र जातिको कानमा सिसा पगाली राखिदिने जुन हल्लाको कारण धेरै मानिसहरुले वेद पुराण सुन्न नपाईरहेको अवस्था थियो ।’ मण्डलका अध्यक्ष बमबहादुर विश्वकर्माले भने–‘ तर पुराणको अध्ययन गर्न जरुरी छ । सबैलाई ज्ञान प्राप्त गर्ने अधिकार भएको हुँदा वेदको अनुशरण गरि जीवनपद्धती परिवर्तन गर्नका लागि हामीले यस्तो कार्यक्रम गर्न लागेका हौँ ।’

मण्डलका सचिव चन्द्रकिशोर गौतमले विश्वकर्माहरुले वेदको अध्ययनमा लाग्नुपर्ने विचार राख्दै यसको सुक्ष्म रुपमा अध्ययन गरि ती दिव्य निर्माणकला धारण गर्नुपर्ने बताए । भगवान विश्वकर्माको दिव्य कला, शिल्पशास्त्रको ज्ञान सिक्नकै लागि पनि वेद अध्ययन जरुरी रहेको उनले बताए । उनले विश्वकर्मा भगवानले ८० हजार स्वर्ण अक्षरले लेखिएको वेद बनाई ब्रम्हाजीलाई हस्तान्तरण गरेको कुरालाई उल्लेख गर्दै वेदसँग जोडिएका कुरालाई लुकाएर राख्न नहुनेमा जोड दिए । हिन्दु धर्मले वेदका कुरालाई खुलेर उजागर गर्न नसकेको पनि उनले बताए ।

कमेन्टहरु
Loading...