मेची–महाकाली उल्टो साईकलयात्राको तयारी

बुटवल ११ जेठ/स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीशाखाले शान्तिका लागि उल्टो साईकलयात्रा कार्यक्रम गर्ने भएको छ । जेठ १५ गते “गणतन्त्र” दिवसको अवसर पारेर आयोजना गरिने साईकलयात्रामा उल्टो साईकलयात्री वीरेन्द्र पाण्डेसहित आठ जनाको टिम सहभागी हुने कार्यक्रम संयोजक विजय पोखे्रलले जानकारी दिएका छन्। बुटवलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना उक्त जानकारी दिइएको हो।

cycle tourउल्टो साईकलयात्रा पूर्वको मेचीबाट सुरु भई पश्चिमको महाकाली गएर अन्त्य हुने र यसबाट संकलन भएको रकम जनआन्दोलनमा घाईते भएका पत्रकारलाई सहयोग गरिने स्वतन्त्रपत्रकार संघ नेपाल रुपन्देही शाखाका उपाध्यक्ष गोविन्द बस्नेतले बताए। साइकलयात्रा कार्यक्रममा करिब २० दिन समय लाग्ने र ३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको संघका अध्यक्ष बाबुराम गैरेले बताए । कार्यक्रमलाई सफल बनाउन सबैको सहयोगको लागि संघले अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...