प्रहरी मेरा साथी’ कास्कीमा पनि सुरु हुँदै

पोखरा, १८ असार /प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउँदै अवाञ्छित एवम् आपराधिक गतिविधि रोकथाम गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले ‘प्रहरी मेरो साथी’ कार्यक्रम शुरु गर्ने भएको छ । कार्यक्रमको औपचारिक उद्घाटन बुधबार गरिने भएपनि त्यसको पूर्वाद्र्धमा प्रहरी र नागरिकबीच भाइचारा अभिबृद्धी र कार्यक्रमको बारेमा जानकारी दिन कास्की प्रहरीले भलिवल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

मंगलबार विहान लेकसाइडको क्याम्पिङ्ग चोकमा हुने भलिवल प्रतियोगितामा कास्की, स्याँग्जा, बाग्लुङ्ग र प्रहरीको गरि चार टोलीले भाग लिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की जिल्ला भलिवल संघको सहयोगमा हुने प्रतियोगितामा प्रथम, द्धितिय हुने टोलीलाई नगद सहित ट्रफि मेडल पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितामा कास्की, स्याँग्जा र बाग्लुङ्गको टोलीबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने जिल्ला भलिवल संघ कास्कीका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन दिन बुधबार बिहान मानवअधिकार चोकबाट ¥यालि निकालिने छ । विपि चोक, महेन्द्रपुल, पालिखेचोक हुँदै पोखरा उद्योग बाणिज्य संघमा पुगेपछि कास्कीमा ‘प्रहरी मेरो साथी’ कार्यक्रमको औपचारिक रुपमा उद्घाटन हुने छ । ¥यालिमा सहभागिता जनाउनका लागि यहाँका युवा क्वल, आमा समुह तथा सम्बन्धित सामाजिक संघसंस्थाहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

अपराध रोकथाममा प्रहरीको एकल प्रयासमा मात्रै प्रभावकारी नहुने ठहर गदै सरकारले ‘प्रहरी मेरो साथी’ कार्यक्रम शुरु गरेको हो । आर्थिक वर्ष २०७२÷७३ बजेटमा ‘प्रहरी मेरो साथी’ कार्यक्रमअन्तर्गत युवा स्वयम्सेवक परिचालन व्यवस्था मिलाइने उल्लेख छ । जनतालाई सुशासनको अनुभति दिलाउन सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व प्रवद्र्धन गर्नुका साथै दण्डहिनता अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।

समाजमा शान्ति सुरक्षा खल्बल्याउने, लुटपाट, गुण्डागर्दी, चन्दा, चिट्ठा र ढुकटीजस्ता अपराधिक प्रकृतिका क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरिने बजेटमा उल्लेख छ ।

कमेन्टहरु
Loading...