पोखरामा नै सुरु भयो माटो परिक्षण प्रविधि

पोखरा, १७ असार/पोखरामा ७ जना युवाहरुले जियोलोजिलक प्रयोगशालाको सुरु गरेका छन् । भौतिक संरचना निर्माण हुनुभन्दा पहिले माटोमा गरिने परीक्षणहरु यो प्रयोगशालामा गरिने कम्पनीका अध्यक्ष जियोलोजिकल ईन्जिनियर धु्रव वाग्लेले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘निजी क्षेत्रबाट पश्चिमाञ्चलमा यो प्रयोगशाला पहिलो हो ।’ वाग्लेले भने, ‘ईन्जिनियरिङ् मापदण्डमा रहेर हामीले काम गर्ने हो ।’ प्रयोगशालमा भौतिक संरचना निर्माण हुने क्षेत्रको माटो, त्यहाँको भौगोलिक अवस्था लगायत परीक्षण गरिन्छ । त्यस्तै संरचना निर्माणका लागि प्रयोग हुने सामानको पनि परीक्षण गरिने प्रयोगशालाका अर्का ईन्जिनियर सुधिरमणि लामिछानेले जानकारी दिए ।

पोखरामा नै सुरु भयो माटो परिक्षण प्रविधि
पोखरामा नै सुरु भयो माटो परिक्षण प्रविधि

ठुल्ठुला संरचना देखि लिएर व्यक्तिगत तथा पारिवारिक प्रयोजनका लागि बनाईने साना साना घरमा पनि यो परीक्षण आवश्यक हुने प्रयोगशालाका ईन्जिनियरहरुको भनाई छ । यस अन्तरगत माटो परीक्षण जमिनको अवस्थाको परीक्षण लगायतका काम हुने उनीहरुले बताए । हामी आँफैले सम्बन्धित जग्गाको माटो ड्रिलिङ् गरेर परीक्षण गर्छौ ।’ वाग्लेले भने, ‘त्यो माटोले कति भार बहन गर्न सक्छ, कत्रो संरचना धान्न सक्छ भन्ने सल्लाह दिन्छौं र त्यसको उपचारको लागि सिफारिस गरिदिन्छौं ।’

सरकारी निकायको मापदण्ड पुरा गर्न भन्दा पनि व्यक्तिगत सुरक्षाका लागि यो परीक्षण गरेर सुझाव कार्यान्वयन गर्नु आवश्यक रहेको लामिछानेले बताए । ‘बाहिरि रुपमा यो काम गर्दा केही महंगो पर्ने देखिन्छ, तर यो गरेर निर्माण कार्य गरियो भने, व्यक्तिलाई पछि सस्तो पर्न जान्छ ।’ उनले भने ।

उनीहरुले भौतिक संरचना निर्माण गर्नुभन्दा अघि सम्बन्धित ठाउँको पाँच देखि २५ मिटरसम्मको माटो झिकेर परीक्षण गरिने बताए । एउटा घरको परीक्षण गर्दा कम्तिमा पनि तीन ठाउँबाट माटो झिक्नुपर्ने उनीहरुको भनाई छ । हाल उनीहरुसँग २ सय मिटरसम्मको माटो झिक्न सक्ने प्रबिधि छ ।

यसरी परीक्षण गर्दा माटो मात्रै भएको ठाउँमा प्रतिमिटिर ६ हजार ५ सय र ढुँगा भएको ठाउँको परीक्षण गर्दा ८ हजार ५ सय शुल्क तोकिएको उनीहरुले जानकारी दिए । यो शुल्क पोखरा उपत्यका भित्र परीक्षण गर्दा लाग्ने यातायात शुल्क समेत जोडेर हो ।

कमेन्टहरु
Loading...