हिमागृह भाडा दिने निर्णयको पोखरेलीद्वारा चर्को बिरोध

सागर राज तिमिल्सिना
पोखरा, १६ असार/फेवाताल किनारको रत्नमन्दिरसँगै जोडिएको हिमागृहलाई भाडामा दिने नेपाल ट्रस्टको कार्यालयको निर्णयको पोखरेलीले बिरोध जनाएका छन् । पोखराको गहनाको रुपमा रहेको हिमागृहलाई कुनै पनि हालतमा भाडा दिन नहुने उनीहरुको जोड छ । नेपाल ट्रष्टले हिमागृहको करिब १० रोपनीमा फैलिएको घर जग्गा भाडामा दिएको छ ।

हिमागृह पोखरेली समुदायका लागि ताल, हिमाल, वनजंगल र गुफा जस्तै ऐतिहासिक र प्राकृतिक महत्व राख्ने सम्पदा भएकोले सामूहिक चासो र चिन्ताको विषय भएको उनिहरुले बताएका छन् । हिमागृह समेतको रत्न मन्दिर परिसरलाई सम्पदा क्षेत्र, जैविक विविधता पार्क र संग्रहालयका रुपमा संरक्षण गर्ने एक सूत्रीय अभिमत व्यक्त भएको स्मरण गराउँदै सार्वजनिक महत्व राख्ने हिमागृह रत्न मन्दिरको अभिन्न भूभाग समेत भएकोले कुनै पनि बहानाबाजीमा निजी क्षेत्रलाई दिन नहुने नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए ।

हिमागृह भाडा दिने निर्णयको पोखरेलीद्वारा चर्को बिरोध
हिमागृह भाडा दिने निर्णयको पोखरेलीद्वारा चर्को बिरोध

भाडामा दिने कार्यलाई अविलम्ब खारेजको गर्नु पर्ने पोख्रेलीको माग छ । पोखरामा दिनहु जसो विभिन संघ संस्थाले विरोधका भाडामा दिने विषयमा विरोध गर्दै आएका छन् । बिहीबार पोखरामा आयोजित कार्यक्रमा नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले सरकारले सम्पदाको संरक्षण नगरि व्यापार गर्न खोजेको बताउदै त्यसलाई अविलम्भ रोकनु पर्ने बताए । विभिन्न संघ संस्थाले पोखरामा विरोध ¥याली निकाल्दै हिमागृह अगाडी पुगेर विरोध सभा भएको थियो ।

पूर्वराजपरिवारको सम्पत्ति रहेको पोखराको रत्नमन्दिर, हिमागृह, बाराहीघाट, बसुन्धरा पार्क र कोमागानै पार्क लगायतको जग्गामा पुरातात्विक, ऐतिहासिक संग्रहालयको रुपमा विकास गरी लैजान पोख्रेलीको माग छ । जनआन्दोलन २०६२÷०६३ को भावना र चाहना अनुरुप नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ (४) ले राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रस्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ भन्ने व्यवस्था मुताविक ट्रस्ट स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश २०६४ जारी भइ नेपाल ट्रस्ट स्थापना भएको हो ।

कमेन्टहरु
Loading...