बाढीपहिरोको सन्देश मोबाइलमा

काठमाडौं, १६ असार/जल तथा मौसम विज्ञान विभागले नदीमा आउने सम्भावित बाढी र पहिरोको सूचना मोबाइलमै पठाउने व्यवस्था मिलाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ।

पूर्वको कन्काईदेखि पश्चिमको महाकालीसम्मका नदीमा बाढी आउनुअघि विभागले नेपाल टेलिकम र एनसेल मोबाइल प्रयोगकर्तालाई सन्देश पठाउन लागेको हो।

विभागका महानिर्देशक डा। ऋषिराम शर्माले यो मनसुनमा अत्याधिक वर्षा हुन सक्ने र धेरै स्थानमा बाढीको खतरा भएकाले सम्भावित क्षति न्यून गर्न मोबाइल सन्देश सुरु गर्न लागिएको बताए।

बाढीबाट हुने सम्भावित दुर्घटनाबाट बच्न र क्षति न्यून गर्न मोबाइल सन्देश प्रभावकारी हुने विभागको अपेक्षा छ। मोबाइल सन्देश सेवाको औपचारिक सुरुवात असार २० गतेबाट गरिनेछ।

यो सेवा २४ सै घण्टा हुनेछ। त्यसका लागि नेपाल टेलिकम र एनसेलसँग सम्झौता भइसकेको शर्माले बताए।

कमेन्टहरु
Loading...