निर्वाचन घोषणा गर्न सरकार आतुरः रेग्मी

११ जेठ, बुटवल । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन घोषणाका लागि सरकार आतुर रहेको बताउनु भएको छ ।

khilraj२५ सय ५७ औं बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषद्वारा लुम्बिनीमा आयोजित समारोहमा रेग्मीले नयाँ संविधानसभा निर्वाचन सरकारको एकमात्र लक्ष्य भएको भन्दै उहाँले निर्वाचन कानुनमा छिटो सहमतिमा आउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । निर्वाचनमैत्री कानुन निर्माणगरी चुनावमा जान सरकारले दलहरुसँग छलफल चलाएको भन्दै उहाँले अबको निर्वाचनका लागि गम्भीर हुन दलहरुलाई आग्रह गर्नुभयो ।

मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले बुद्धलाई कुनै एक धर्मको रुपमा चित्रण नगरी बहुधार्मिक दार्शनिकको रुपमा स्वीकार गरेर अघि बढ्नसके बुद्धका उपदेशको सान्दर्भिकता रहनेसमेत प्रष्ट पार्नुभयो । लुम्बिनीको विकास, सम्बर्द्धन र प्रवर्द्धनमा सरकारले ध्यान दिने भन्दै अध्यक्ष रेग्मीले लुम्बिनी गुरुयोजना पूरा गर्न आवश्यक बजेट उपलब्ध गराउने आश्वासन पनि दिनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृतिमन्त्री रामकुमार श्रेष्ठले शान्ति, अहिंसा र सत्य बुद्धको सन्देशलाई अनुसरण गरेर आफैँ भित्र शान्ति खोज्न सके वास्तविक शान्ति प्राप्त हुने बताउनुभयो । रासस

– See more at: http://www.onlinekhabar.com/2013/05/74719/#sthash.X1sCBf8c.dpuf

कमेन्टहरु
Loading...