पश्चिमाञ्चल स्तरिय शरिरिक सुगठन प्रतियोगिता हुने

पोखरा, १४ असार/कास्की जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघले पोखरामा पश्चिमाञ्चल क्षेत्रिय स्तरिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता २०७३ (तेश्रो मिस्टर माछापुच्छे् आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष शंकरमान उदासका अनुसार प्रतियोगिता आगामी भदौ १७ र १८ गते हुनेछ । खेलको माध्यमबाट स्वस्थ र अनुशासितजन शक्ति उत्पादन गर्ने तथा शारिरिक सुगठन खेललाई थप प्रचार प्रसार गर्ने मुल उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको संघका सचिव उमेश सिकेले जानकारी दिए ।

संघका सचिव सिकेका अनुसार प्रतियोगितामा पश्चिमाञ्चलका १ सय जना भन्दा वढी खेलाडीको सहभागिता रहनेछ । पोखरा उद्योग वाणिज्य संघको हलमाहुने प्रतियोगितामा प्रतियोगीहरुले तिन क्याटोगोरीमा प्रतिष्प्रर्धागर्ने छन । मिस्टर तेश्रो माछापुच्छ«ेमा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी भन्दा माथिका छुट्टा छुट्टै प्रतिष्प्रर्धा हुनेछन ।

प्रतियोगितामा विभिन्न क्याटोगेरिमा प्रथम हुने खेलाडीनगद ४ हजार, द्वितियले ३ हजार र तृतियले नगद २ हजारका साथमा प्रमाणपत्र र मेडलपाउने छन् । पश्चिमाञ्चल स्तरिय शरिरिक सुगठन प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख १३ हजार खर्च लाग्ने भएको संघका अध्यक्ष उदासले वताए ।

कमेन्टहरु
Loading...