धेरै तातो पेय पदार्थले अन्न नलीमा क्यान्सर ः डब्लुएचओ

एजेन्सीको सहयोगमा

धेरै तातो पानी, चिया, कफी लगायतका पेय पदार्थको सेवनले अन्न नलीमै घाउ बनाइ क्यान्सर हुन सक्ने पछिल्लो अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भर्खरै सम्पन्न गरेको एक अध्ययनअनुसार धेरै तातो पेय पदार्थको सेवनले अन्ननली अर्थात इसोफेगसको क्यान्सरसम्म हुन सक्ने खतरा देखिएको छ ।

अध्ययन अनुसार विशेषगरी ६५ डिग्री सेन्टिगे्रटभन्दा बढी तातो पेय पदार्थको सेवनले अन्न नलीमा क्यान्सर हुनसक्ने देखिएको हो । तर त्यही पदार्थ कोठाको तापक्रम अनुसार सेवन गर्नाले यसले पाठेघर, लिभर तथा ब्रेस्ट क्यान्सरको जोखिम कम गर्न मद्दत गर्ने डब्लुएचओले जनाएको छ । अध्ययन डब्लुएचओ अन्र्तगतको इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) ले गरेकोे थियो ।

तातो पेय पदार्थ सम्बन्धि एक हजारभन्दा बढी लेखको समिक्षा पश्चात आइएआरसीले तातो पदार्थले अन्न नलीको क्यान्सर उत्पन्न गर्न सक्ने निष्कर्ष निकालेको हो । आइएआरसीले अध्ययनका लागि विभिन्न लेख तथा पत्रपत्रिकाको अध्ययन गरेको थियो । जसमा कफी तथा मेट -दक्षिणी अमेरिकन हर्बल इन्फ्युजन, जुन पश्चिम एसियामा निकै लोकप्रिय छ० कुनै प्रकारका क्यान्सरसित सम्बन्धित छ कि छैन भनेर अध्ययन गरिएको थियो ।

कमेन्टहरु
Loading...