बाच्छिबुडुवामा पाँचौ रोपाँई महोत्सव, धान रोपेर बृद्धाश्रमलाई सहयोग

पोखरा, १४ असार /पोखरा–१८ बाच्छिबुडुवामा पाँचौ रोपाँई महोत्सव हुने भएको छ । प्रत्येक बर्ष जस्तै यस बर्ष पनि असारको १५ गते बुधबारका दिन पोखराको बाच्छिबुडुवास्थित करिव २५ रोपनी क्षेत्रफलको खेतमा रोपाँई महोत्सव गर्न लागिएको हो ।

१३ औं धान दिवसको अबसरमा वात्सायन बृद्धाश्रमको आयोजना, शिवालयमन्दिर संरक्षण समितिको व्यवस्थापन र जेष्ठ नागरिक सरकोकार समिति कास्कीको सहकार्यमा रोपाँई महोत्सवगर्न लागिएको हो । महोत्सवका संपूर्ण तयारी पूरा भएको वात्सायन बृद्धाश्रमका अध्यक्ष एबं महोत्सव संयोजक बोधराज कार्कीले बताए ।

महोत्सवमा असारे गीत प्रतियोगिता, माछा छोप्ने प्रतियोगिता,, डोरी तान्ने (रस्साकस्सी), हिलो सम्याउने एबं गोरु दौडाउने प्रतियोगिता, लगायतका बिबिध कार्यक्रमहरु समेटिएको छ । महोत्सवमा वडा नं १८ काकरिव १७ वटा आमा समूहका आमाहरुले निशूल्क रुपमा धान रोपेर बृद्धाश्रमलाई सहयोग गर्ने भएको बृद्धाश्रमले जनाएको छ । नियमित रुपमा रोपाँई महोत्सवको आयोजना गर्दै आएको पर्यटन परिषदले २०७० मा बाच्छिबुडुवामा रोपाँई महोत्सव गरेको थियो ।

रोपाँई महोत्सवको अबसर पारेर वात्सायन बृद्धाश्रमलाई सहयोग गर्ने पाँच जना दाताहरुलाई सम्मान गर्ने कार्यक्रम छ । बृद्धाश्रमका लागि एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरुलाई सम्मानगर्ने कार्यक्रम रहेको बृद्धाश्रमका अध्यक्ष कार्कीले बताए । सो अबसरमा पोखरा–१८ का जेष्ठ नागरिकहरुलाई समेत सम्मानगर्ने कार्यक्रम रहेको छ ।वात्सायन वृद्धाश्रममाहाल १४ जना बृद्धबृद्धा र बृद्धबृद्धाहरुका लागि सेव ागर्ने दुईजना सेविकाकार्यरत छन् ।

कमेन्टहरु
Loading...