जिआरआर कास्की द्वारा विद्यालयलाई ५० हजार बराबरको साम्रागी सहयोग

पोखरा, १३ असार/सामाजिक सञ्जाल फेसबुकमा आवद्ध महिलाहरुको समूह जिआरआर (गल्र्स राइजिङ्ग रुम) ले कास्की निर्मलपोखरी १, किरियापानीमा रहेको बाल विद्याश्रम प्राविलाई ५० हजार रुपैयाँ वरावरको शैक्षिक साम्रागी तथा सरसफाईका सामाग्रीहरू सहयोग गरेको छ ।

विद्यालय प्राङ्गडमा एक कार्यक्रमको आयोजना गरि साम्रागी हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएका साम्रागीहरू बुझ्दै विद्यालयका प्राचार्य शान्ता ढकालले भूतबंगाला हुन लागेको विद्यालयमा सहयोगले विद्यालयको स्तरोन्नतीको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

त्यस्तै विद्यालय सञ्चालनका लागि आवाश्यक पर्ने शैक्षीक तथा सरसरफाईका साम्रागी सहयोगले विद्यालयका शिक्षक तथा विद्यार्थीमा थप हौसला प्रदान गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नन्दलाल वरालले बताए।

साम्रागी हस्तान्तरण कार्यक्रममा संयोजक निशा पन्थी, समूहका एडमिन स्वकृती भुर्तेल, शर्मिला कार्की र चन्द्रा श्रेष्ठले सरकारी विद्यालय भएपनि सरकारी वेवास्वताले पछाडी परेको विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताइन् ।

महिलाहरु मात्र रहेको यस ग्रुपले विभिन्न समयमा सामाजिक कार्य गर्दै आईरहेको र उक्त समूहमा चितवन,नवलपरासी,काठमाडौ लगायत जिल्ला का महिलाहरु पनि सक्रिय रहेका छन्।आवद्ध सदस्यमध्ये १५ जनाको उपस्थिति रहेको पोखराका एडमिन मध्येका एक शर्मीला कार्कीले जानकारी दिईन्। कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा २७ जना बिद्यार्थीहरू अध्ययनरत छन्।

कमेन्टहरु
Loading...