महतगौडामा हुने १३ औ असारे रोपाईको तयारी पुरा

पोखरा, १३ असार/“पोखरा सबै मौसमका लागी” भन्ने मुल नाराका साथ १३ औ असारे रोपाई महोत्सवको तयारी पुरा भएको छ । पोखरा पर्यटन परिषदले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी तयारी पुराभएको जानकारी दिएको हो । मानो खाएर मुरी उब्जाउने आषाढ १५ लाई पोखराका पर्यटन व्यवसायीले महोत्सवका रुपमा मनाउँदै आएका छन् ।

पोखरा–१७ महतगौडाका कृषक राम भण्डारी र विक्रम भण्डारीको ६ रोपनी क्षेत्रफल खेतमा महोत्सवका लागि व्यवस्था गरेको संयोजक डम्वर केसीले जानकारी दिए । महोत्सवमा साउने प्रतियोगिता हलगोरुको दौड,आमा समुह बिच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने हिलोमा दौड, रस्सा कसी लगाएतका प्रतियोगिता आयोजना गरीने परिषदका अध्यक्ष सोम थापाले बताए ।

महोत्समा स्थानिय एवं कास्की जिल्लामा उत्कृष्ट कृषकलाई सम्मान रहेको महासचिव रामु गौतमले जानकारी दिए ।व्यवस्थापनको लागि नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति कास्की, पोखरा उपमहानगरपालिका कास्की, पोखरा उद्योग बाणिज्य संघ लगायत विभिन्न संघसंस्था एवं व्यवसायिक प्रतिष्ठानहरु समन्वय गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५, द्धितिय ३, तृतिय २ हजार रुपैयाको पुरस्कारको ब्यवस्था गरेको गौतमले वताए ।

महोत्सवमा करिब २५ हजार दर्शकको उपस्थिति रहने र २ सय बिदेशि सहभागी गराउने लक्ष्य रहेको परिषद्का अध्यष सोम थापाले बताए । कार्यक्रममा परिषद्का सल्लाकार गणेश बहादुर भट्टराईले महोत्सवमा खेतबारी बाजो राख्नु हुन्न भन्नी कुराको विकास भएको बताए । परिषद्का सल्लाहकार बासु त्रिपाठीले रोपाई महोत्सव ब्राण्डका रुपमा रहेको बताए । महोत्सव हेर्न जानेहरुका लागि आयोजकले पोखराको लेकसाइड र मालेपाटनबाट निःशुल्क बस सेवा समेत व्यवस्था गरेको जनाएको छ ।

कमेन्टहरु
Loading...